झापा,१३ मंसिर। झापाको बिर्तामोडबाट खैरो हेरोइन सहित पक्राउ परेकी महिलाको साथबाट प्रहरीले स्रोत नखुलेको नगद पनि बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको काँकडभिट्टा शाखाबाट खटिएको टोलीले शनिबार मेचीनगर नगरपालिका–१५ घर भएकी ३६ वर्षीया पार्वती राजवंशीलाई पक्राउ गरेको थियो । उनको साथबाट १३ लाख नगद पनि बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
प्रहरीले उनको साथबाट१८ ग्राम ४८० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो । उनको साथबाट प्रहरीले लागु औषध तौलने डिजिटल तराजु पनि बरामद गरेको छ । राजवंशीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि ब्युरोले इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको छ ।


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Create your account
It only takes a minute — and it's free.
Already have an account? Log in