मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारदिउँसो ४:३१
१३ मंसिर २०८३ आइतबारदिउँसो ४:३१ Sunday, November २९, २०२६

सिमरामा ट्रक र माइक्रोबस ठोक्किए, चार जना घाइते

शेयर५०४५००
Listen to this article
1 min listen · 124 words0:00 / 1:00
0:00
1:00

बारा ,१३ मंसिर। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ हुलास नजिकै वीरगञ्ज-पथलैया सडकखण्डमा ट्रकमा माइक्रोबस ठोक्किँदा ४ जना घाइते भएका छन् ।

वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत हुलास नजिकै प्र.२-०३-००१ ख ५३६० नम्बरको ट्रक ग्यारेजबाट मर्मत गरी जितपुरतर्फ जाने क्रममा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ज ०९८५ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।

आइतबार बिहान ९:४० बजे दुर्घटनामा परेको उक्त माइक्रकोबसमा चालकसहित १० जना सवार थिए । जसमध्ये चार जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।

घाइते हुनेमा माइक्रोबसका चालक बाराको परवानीपुर गाउँपालिका-२ मुसहरीका २८ वर्षीय उत्तम साह, पर्साको वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा पोखरीका ६७ वर्षीय राजेन्द्र महतो, दाङको तुलसीपुरका ३७ वर्षीय बुद्धि बस्नेत र वीरगञ्ज महानगरपालिका-१३ श्रीपुरकी ६९ वर्षीय सकुन्ताल पौडेल रहेका छन् ।

घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि सिमरास्थित इभर ग्रिन तराइ अस्पताल पठाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५०४५००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in