मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारदिउँसो ४:३५
१३ मंसिर २०८३ आइतबारदिउँसो ४:३५ Sunday, November २९, २०२६

एक करोड मूल्यभन्दा बढीको फर्सीको बियाँ बरामद

शेयर५०२५००
Listen to this article
1 min listen · 116 words0:00 / 1:00
0:00
1:00

झापा ,१३ मंसिर। झापाको मेचीनगर नगरपालिका-१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाबाट खटिएको टोलीले आज दिउँसो बेवारिसे अवस्थामा रहेको ४८५ बोरा फर्सीको बियाँ बरामद गरेको हो ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार बरामद बियाँको अनुमानित मूल्य रु एक करोड १६ लाख ४० हजार रहेको छ । बरामद बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने प्रक्रिया भइरहेको उहाँले जानकारी दिएका छन् ।

पछिल्लो समय झापाका सीमावर्ती क्षेत्रबाट विभिन्न कृषि उपज तथा अन्य सामग्री अवैध रूपमा भारततर्फ निकासी हुने गरेको पाइएको छ । सोही क्रममा जङ्गल क्षेत्रमा लुकाएर राखिएको फर्सीको बियाँ बरामद भएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५०२५००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Create your account

It only takes a minute — and it's free.

New registrations are currently closed.

Already have an account? Log in