सर्लाही ,१३ मंसिर। सर्लाहीमा रातिको समयमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको मोटरसाइकल लुटपाट गरिएको छ।
लालबन्दी नगरपालिका–१ बागवानी जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई जना अपरिचित व्यक्तिले मोटरसाइकल चालकलाई आक्रमण गरी उनको सवारीसाधन लुटेर फरार भएका हुन्।
शनिबार राति करिब पौने ८ बजे हरिवनबाट लालबन्दीतर्फ जाँदै गरेका लालबन्दी नगरपालिका–७ निवासी ३७ वर्षीय सुजित कुमार सिंहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा स्थायी घर भई हाल लालबन्दी–७ मा बस्दै आएका सिंह मधेश प्रदेश ०३–०२८ प ७४०४ नम्बरको निलो रङको यामाहा सलुटो १२५ सीसी मोटरसाइकलमा सवार थिए।
प्रहरीका अनुसार नम्बर नखुलेको अर्को मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले सिंहलाई बाटोमै रोकेर धारिलो हतियार प्रहार गरेका थिए। त्यसपछि उनी सवार मोटरसाइकल लिएर दुवै जना फरार भएका हुन्।
आक्रमणबाट घाइते सिंहको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ। उनको दुवै हात र पेटमा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
घटनापछि प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारेको जनाएको छ।
तस्बिर : एआई बाट तयार गरिएको छ।


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Create your account
It only takes a minute — and it's free.
Already have an account? Log in