उद्योग मन्त्री लिमा अधिकारीलाई बनाउने तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १८, बुधबार (३ हप्ता अघि)
  • १४७ पटक पढिएको
उद्योग मन्त्री लिमा अधिकारीलाई बनाउने तयारी

काठमाडौं, १८ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारमा अमरेशकुमार सिंहले अस्वीकार गरेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा लिमा अधिकारीलाई नियुक्ति गर्न लागिएको छ ।

रास्वपा सम्बद्ध स्रोतका अनुसार रास्वपाकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी अधिकारीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने कुुरामा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच सहमति भइसकेको छ ।

ठूलो बुबा मनमोहन र बुबा भरतमोहनले अगाडि बढाएको पार्टीमा २२ वर्ष संगठित सदस्य रहेकी उनी एमालेको उद्योग विभागमा समेत थिइन् ।

एमाले विभाजन भएपछि लिमा नेकपा (एकीकृत समाजवादी)मा लागेकी थिइन् । लिमा २०७९ मंसिर ४ को चुनावमा एकीकृत समाजवादीबाट खस–आर्य महिलातर्फ समानुपातिक उम्मेदवार थिइन् । समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् । उनी समाजसेवी तथा ब्यवसायी हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस