उपसभामुखमा रुबीकुमारीलाई कांग्रेसको पनि समर्थन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २६, बिहिबार (२ हप्ता अघि)
  • १८३ पटक पढिएको
उपसभामुखमा रुबीकुमारीलाई कांग्रेसको पनि समर्थन

काठमाडौं, २६ चैत। प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुरको पक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि देखिएको छ ।

बिहीबार भएको उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट रुवीकुमारी उम्मेदवार बनेकी छन् ।

उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका एक शीर्ष नेताका अनुसार श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुवीकुमारीलाई पार्टीले समर्थन गर्ने भएको छ ।

श्रम संस्कृतिको उम्मेदवार रुबीकुमारलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने भएको छ ।

सभामुख र उपसभामुख फरक दल र लिङ्‍ग हुनुपर्ने व्यवस्था छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस