यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, ०९ वैशाख। तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोल बस्ने २२ वर्षीया सन्श्री श्रेष्ठ रहेकी छन् ।
मंगलबार राति आफ्नै घरमा रहेको गिजर चेक गर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि शुभम् अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
