माधव नेपाल: पराजित हुनासाथ आत्तिनेले जित हासिल गर्न सक्दैन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ९, बुधबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
माधव नेपाल: पराजित हुनासाथ आत्तिनेले जित हासिल गर्न सक्दैन

 काठमाडौं, ०९ वैशाख। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले एक पटक पराजय हुनासाथ आत्तिन नहुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उकालो–ओरालोको यात्रा सधैं भइरहने व्याख्या गरे ।

कम्युनिस्ट पार्टीमा देखिएका उकाला ओरालोको यात्राबारेर समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

‘कम्युनिस्ट पार्टी कसरी उकालो ओरालो हुँदै बाटो अघि बढेको छ । यो सबैको समीक्षा गर्नुपर्ने आवश्यकता छ । हामीले देखेका छौं, जीवन पनि त्यस्तै हो,’ नेपालले भने, ‘सामाजिक जीवन पनि त्यस्तै हो । राजनीतिक जीवन पनि त्यस्तै हो । उकालो र ओरालो आउँछ । यसलाई हामीले आत्मसाथ गर्नुपर्छ ।’

पराजित हुनासाथ आत्तिनेले कहिल्यै जित हासिल गर्न नसक्ने नेपालको भनाइ छ ।

‘पराजय हुनेबित्तिकै, हार हुनेबित्तिकै आत्तिनेले जित हासिल गर्न सक्दैन । जितका निम्ति नयाँ शिराबाट अघि बढ्नुपर्नेछ,’ उनले भने ।

वडा तहबाटै पार्टीले धुलो टकटक्याएर अघि बढ्नुपर्ने बताए ।

‘हामी वडाबाट तल झरेपछि धुलो टकटक्याएर अघि बढ्न सक्नुपर्छ । त्यसपछि हामी नयाँ नयाँ सफलता हासिल गर्न सक्छौं,’ उनले भने ।

साम्राज्यवादले संसारमा सकंट सिर्जना गरिरहेको उनले जिकिर गरे ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस