गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ७, सोमबार (५ दिन अघि)
  • ६१ पटक पढिएको
गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु

गोरखा, ०७ वैशाख। गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए । उनको पचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको हो ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस