छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २१, शनिबार (८ महिना अघि)
  • २७ पटक पढिएको
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ, २१ भदौ। देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा शनिबार बिहान ट्रकको ठक्करबाट ५८ वर्षीया जिरा देवी दानीको मृत्यु भएको छ। 

बा.५ ख ३२३९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता, सुनसरीको गढी गाउँपालिका-४ छिटाहामा शुक्रबार साँझ साइकल दुर्घटना हुँदा ७० वर्षीय कलकतिया चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, मोरङको बुढीगंगा गाउँपालिका-४ मा पिकअपको ठक्करबाट ५ वर्षीय बालक शम्भु पौडेलको मृत्यु भएको छ। प्र.१-०२-००२ च ४६६५ नम्बरको पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनको रत्ननगर नगरपालिका-१ सौराहामा बसको ठक्करबाट ३ वर्षीया समिरा विकको मृत्यु भएको छ। ना.३ ख ५७३७ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, बर्दियाको गुलरिया नगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय चालक करण गुप्ताको मृत्यु भएको छ। भे.११ प ३८६३ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस