दीपक भट्ट पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १९, बिहिबार (३ हप्ता अघि)
  • १२० पटक पढिएको
दीपक भट्ट पक्राउ

काठमाडौं, १९ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘बिचौलिया’ दीपक भट्टलाई पक्राउ गरेको छ। भट्ट काठमाडौंको गैह्रीधाराबाट पक्राउ परेका हुन्।

भट्टले हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ८१ करोड दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर किनेको पुष्टि भएको छ । बिमा प्राधिकरणले छानबिन गरेर आर्थिक दुरुपयोग पुष्टि गर्दै भट्टमाथि कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको हो।

सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा भट्टमाथि पाँच अर्बभन्दा बढीको बिगो दाबी गरेर मुद्दा चलाउने तयारी भइरहेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस