पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ९, बुधबार (३ घण्टा अघि)
  • १०६ पटक पढिएको
पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, ०९ वैशाख। पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ ।

विभिन्न दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन् ।

सरकारले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप गरेको उनीहरूको आरोप छ ।

उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, विद्यार्थी संगठन खारेज गर्न पाइँदैन लगायतका प्लेकार्ड बोकेका थिए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस