सुर्खेत, ०९ वैशाख। कर्णाली नदीमा पौडी खेल्ने क्रममा बगेर मुगुमा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा छायानाथ रारा नगरपालिका—१३ रुगा गाउँ बस्ने सूर्य नेपालीको ५ वर्षीय छोरा आयुष्मान नेपाली रहेका छन् ।
उनी मंगलबार भुगाडे भन्ने स्थान नजिक कर्णाली नदीमा पौडी खेल्ने क्रममा अचानक नदीको तीव्र बहावमा परि बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।उनी बगेको स्थानीय राजेश लावडले अस्थायी प्रहरी बिट बसपार्कमा जानकारी गरेका थिए ।
कर्णाली नदीमा पौडी खेल्ने क्रममा बगेर मुगुमा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा छायानाथ रारा नगरपालिका—१३ रुगा गाउँ बस्ने सूर्य नेपालीको ५ वर्षीय छोरा आयुष्मान नेपाली रहेका छन् ।
उनी मंगलबार भुगाडे भन्ने स्थान नजिक कर्णाली नदीमा पौडी खेल्ने क्रममा अचानक नदीको तीव्र बहावमा परि बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।उनी बगेको स्थानीय राजेश लावडले अस्थायी प्रहरी बिट बसपार्कमा जानकारी गरेका थिए ।
यद्यपि अझै उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।