प्रहरी जाँचबाट भागेका युवा नदीमा हाम फालेर बेपत्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (३ हप्ता अघि)
  • ९३ पटक पढिएको
प्रहरी जाँचबाट भागेका युवा नदीमा हाम फालेर बेपत्ता

बागलुङ, १७ चैत। बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका एक युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको जलजला गाउँपालिका-८ का २५ वर्षिय विशाल बिकले जाँच गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका हुन् ।

बागलुङ र पर्वतको सिमानामा पर्ने  पर्वत अस्थायी प्रहरी पोष्टको नियमित जाँचको क्रममा बिकले भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पट्टेलले बताए ।

बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग१क ५२४४ नम्बरको टिपरमा  थिए । ट्रकका चालक पनि फरार रहेको प्रहरी निरीक्षक पट्टेलले जानकारी दिए ।

बिकका परिवारले भने प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाएका छन् । उनीहरुले बिहान सडकसमेत अवरुद्ध गरेका छन् ।

आज बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी टोलीसँगै सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले कालीगण्डकीमा बिकको खोजी गरिरहेको छ ।

टिपरका चालको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस