बहुमूल्य चम्किने ढुङ्गा भन्दै ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (८ महिना अघि)
  • २९ पटक पढिएको
बहुमूल्य चम्किने ढुङ्गा भन्दै ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, १९ भदौ। बहुमूल्य चम्किने ढुङ्गा बिक्री गर्ने नाममा ठगी गरेको अभियोगमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–२ बाट ३५ वर्षीय प्रकाश तामाङ रहेका छन् ।

पीडितले जाहेरी दिएका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी नुवाकोट जिल्ला प्रहरी कार्यालयको समन्वयमा भदौ १७ गते तामाङलाई पक्राउ गरिएको हो। तामाङ नुवाकोट सूर्यगढी गाउँपालिका–१ का बासिन्दा हुन्।

उनीमाथि करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेका तामाङलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस