बाजुरामा एक युवकको हत्या, घटनास्थलमा अनुसन्धान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)
  • १०५ पटक पढिएको
बाजुरामा एक युवकको हत्या, घटनास्थलमा अनुसन्धान सुरु

धनगढी, ०३ चैत। बाजुरामा एक युवकको हत्या भएको छ । स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको प्रहरीले जनाएको छ ।

उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले कुटपिट गरी सर्वाशको हत्या गरेका हुन् ।

बुढाको घटनास्थलमै मृत्यु भएको एसएसपी विष्टले बताए । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो । प्रहरी टोली घटनास्थल पुगेर धनबहादुरलाई नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संलग्न रहेका उनका छोरा हेमराज महतरा भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस