मेनरोड विस्तारमा डोजर चलाउँदा विवाद, ‘हुकुमी शैली’ भन्दै द्विवेदीको आलोचना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (६ दिन अघि)
  • ७३ पटक पढिएको
मेनरोड विस्तारमा डोजर चलाउँदा विवाद, ‘हुकुमी शैली’ भन्दै द्विवेदीको आलोचना

वीरगञ्ज, ०६ बैशाख। झण्डै १३ वर्षदेखि अन्योलमा रहेको वीरगञ्जको मेनरोड विस्तार कार्य अन्ततः सुरु भए पनि डोजरमार्फत गरिएको आकस्मिक कारबाहीले मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ।

सडक विस्तारका नाममा गरिएको कारबाहीप्रति आपत्ति जनाउँदै अजय द्विवेदी ले राज्यको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले सीमांकन, नापजाँच र पूर्वसूचना बिना गरिएको डोजर प्रयोगलाई “हुकुमी र गुण्डा शैली” को संज्ञा दिएका छन्।

द्विवेदीका अनुसार, संरचना हटाउनु अघि सम्बन्धित क्षेत्रको नापजाँच गरी स्पष्ट सीमांकन गर्ने, प्रभावित नागरिकलाई सरसामान व्यवस्थापनका लागि पर्याप्त समय दिने जस्ता आधारभूत प्रक्रिया पालना गर्नुपर्ने थियो। “यी सबै प्रक्रिया बेवास्ता गर्दै आफ्नै जनतामाथि डोजर चलाउनु राज्य आतंकजस्तै हो,” उनले टिप्पणी गरे।

वीरगञ्जको मुख्य सडक विस्तार दीर्घकालीन पूर्वाधार विकासका लागि आवश्यक मानिए पनि यसको कार्यान्वयन शैलीप्रति विभिन्न तहबाट आलोचना भइरहेको छ। प्रभावित स्थानीयवासी र व्यवसायीहरूले पनि पर्याप्त समय नदिई अचानक कारबाही गरिएको गुनासो गर्दै आएका छन्।

सडक विस्तारसँगै उठेको यो विवादले विकास र मानवीय संवेदनशीलताको सन्तुलन कसरी कायम गर्ने भन्ने विषय पुनः बहसको केन्द्रमा ल्याएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस