राज्य व्यवस्था समिति बैठक सुरु नहुँदै स्थगित भएपछि अन्योल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (२ घण्टा अघि)
  • ५१ पटक पढिएको
राज्य व्यवस्था समिति बैठक सुरु नहुँदै स्थगित भएपछि अन्योल

काठमाडौं, २१ वैशाख। प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समितिको कार्यक्षेत्र र समितिको आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।

तर, समिति सचिवालयले सूचना निकालेर विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएको छ ।

यो समितिको कार्यक्षेत्र अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पर्दछ ।

गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भए गरेका काम कारवाहीको नियमित अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने जिम्मेवारी पनि यही समितिलाई छ ।

यसबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग र सम्बद्ध विषय तथा निकायको निगरानी गर्ने क्षेत्राधिकार यो समिति अन्तर्गत रहेको छ ।

समिति सभापति हरि ढकालले सम्बन्धित मन्त्रीको व्यस्तताका कारण बैठक स्थगित गरिएको जानकारी दिए ।

संसदीय समिति बैठक बस्न सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस