रौतहटको कर्कच कर्मैयामा सेञ्चुरी बैंकको शाखा रहित बैंकिंङ्ग सेवा विस्तार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
रौतहटको कर्कच कर्मैयामा सेञ्चुरी बैंकको शाखा रहित बैंकिंङ्ग सेवा विस्तार

कृष्ण तिवारी
गरुडा समाचारदाता

असोज ५ गते, रौतहट । सेञ्चुरी कमर्सियल बैंकले रौतहटको ग्रामीण क्षेत्रमा आफना शाखा रहित बैंकिंङ्ग सेवा विस्तार गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शाखा कार्यालय गरुडाले जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच कर्मैया स्थित मलंग चौकमा शाखा रहित बैंकिंङ्ग सेवा विस्तार गरेको छ ।
जिल्लाको ग्रामीण भेगका जनता माझ बैंकिङ्ग सेवाको सहज रुपमा पहुंच पुर्याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम बैंकले उक्त बैंकिंङ्ग सेवा विस्तार गरेको हो ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रदेश २ का प्रमुख सुवास शर्माले मंगलवार विहान एक कार्यक्रमका बीच रिबन काटेर उक्त बैंकिंङ्ग सेवाको शुभारम्भ गरेका छन ।
सेञ्चुरी बैंकका प्रदेश प्रमुख शर्माले उदघाटन गरेसँगै मंगलवार देखी नै कर्कच कर्मैयामा सेञ्चुरी बैंकको बैंकिंङ्ग सेवा सञ्चालनमा आएको छ ।
ग्रामीण भेगमा बैंकिंङ्ग सेवा सञ्चालन भएपछि ग्रामीण क्षेत्रका बासिन्दालाई सेञ्चुरी बैंकको सेवा लिन सहज भएको छ भने गरुडा जानुपर्ने बाध्याता समेत अन्त्य भएको छ ।
रौतहटमा एक मात्र गरुडामा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शाखा कार्यालय स्थापना रहेको छ । शाखा कार्यालय गरुडाले जिल्लाभरीका ग्राहकवर्गलाई बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
पहिला पहिला सेञ्चुरी बैंकको सेवा लिन ग्राहकवर्गलाई गरुडा जानुपर्ने बाध्याता रहेको थियो तर जिल्लाको बिच भागमा पर्ने कर्कच कर्मैयामा शाखा कार्यालय रहित बैंकिंङ्ग सेवा विस्तार भएपछि देवाही गोनाही नगरपालिकाका साथै मौलापुर, कटहरिया, माधवनारायण, बौधीमाई लगाएत नगरपालिकाका बासिन्दालाई सेवा लिन सहज भएको छ भने गरुडा जानुपर्ने बाध्याता हटेको छ ।
सञ्चालनमा आएको बैंकिंङ्ग सेवा मार्फत ग्राहकवर्गाले खाता खोल्न पाउने, रकम डिपोजिट गर्न तथा झिक्न पाउने एवं रिऋको लागि आवश्यक राय सुझाव लिन पाउने बैंकको शाखा कार्यालय गरुडाले जनाएको छ ।
बैंकका प्रदेश २ का प्रमुख सुबास शर्माले प्रदेशभरीमा सेञ्चुरी बैंकले ग्राहकवर्गमा करिव ७ अर्बको हाराहारीमा ं रिऋ लगानी गरेको बताए ।
बैंकले प्रदेश २ को विभिन्न जिल्लामा गरी अहिलेसम्म १३ वटा शाखा कार्यालय विस्तार गरिसकेको र ३ वटा ठाउँमा अझै शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको प्रदेश प्रमुख शर्माले बताए ।
स्थानीय तहहरुमा ग्राहकवर्गको संख्या बढदै जाँदा शाखा कार्यालय पनि विस्तार गर्दै जाने उनले बताए ।
बैंकका शाखा कार्यालय गरुडाका शाखा प्रबन्धक दिनेश कुमार कर्णका अनुसार रौतहट जिल्लाको १८ वनै स्थानीय तहका बासिन्दाले यस बैंकबाट सेवा लिदै आइरहेका छन ।
जिल्लाको १८ वटै स्थानीय तहका २४ हजार ग्राहकवर्गले बैंकबाट सेवा लिदै आइरहेको बताउँदै शाखा प्रबन्धक कर्णले सेञ्चुरी बैंक जिल्लाकै सब बैंक भन्दा बढी सेवा दिने बैंक रहेको बताए ।

बैंकले जिल्लाको कुल ३ सय ५ जना ग्राहकवर्गमा ७० करोड भन्दा बढी रिऋ लगानी गरेको उनले बताए ।
ग्रामीण भेगमा बैंकको शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन भएपछि अब आफनै गाउँ ठाउँमा बैंकको सेवा लिन पाउने भन्दै स्थानीयहरु हर्षित भएका छन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस