ललितपुरमा गरगहना चोरी, चोर र खरिदकर्ता दुवै पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (६ दिन अघि)
  • ९७ पटक पढिएको
ललितपुरमा गरगहना चोरी, चोर र खरिदकर्ता दुवै पक्राउ

काठमाडौं, ०३ वैशाख। ललितपुर महानगरपालिका-४ बागडोलबाट सुन-चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

चोरीको अभियोगमा काठमाडौं महानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमन देउला र चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-२३ बस्ने अर्पिता ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्ती पक्राउ परेका हुन् ।

गत २६ चैत दिउँसो उक्त स्थानबाट करिब ७९ लाख १२ हजार ५ सय २ रूपैयाँ बराबरको गरगहना चोरी भएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमनलाई ललितपुर महानगरपालिका-४ बाट र स्वपनलाई उनकै पसलबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले स्वपनको पसलबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ ।

जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस