सर्लाहीमा एक युवकको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (२ घण्टा अघि)
  • ५७ पटक पढिएको
सर्लाहीमा एक युवकको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला

 सर्लाही, १८ वैशाख। सर्लाहीमा एक युवकको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको छ। सदरमुकाम मलंगवामा शुक्रबार पोखरीमा डुबेको अवस्थामा मलंगवा नगरपालिका–४ का ३५ वर्षीय दिवानी भन्ने मोहबुब मिकरानीको शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मलंगवा नगरपालिका–४, पन्दुबा पोखरीमा मिकरानीको शव फेला परेको हो।

शुक्रबार सबेरै पोखरीभित्र बेवारिसे युवकको शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। खबर पाएपछि मृतकको आमा आएर शवको सनाखत गरेको प्रहरीले जनाएको छ। मृतक किमकरानीकी आमाले छोराको हत्या भएको हुन सक्ने आशङ्का गर्दै छानबिनको माग गरेकी छिन्।

घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको  सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। प्रवक्ता राईका अनुसार मृतकको शरीरमा शंकास्पद कुनै प्रकारको चोटपटक नदेखिएको भएपनि पोस्टमार्टमपछि मात्र मृत्युको कारण पत्ता लाग्ने बताए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस