साइकल यात्रा गरेर संसद भवन पुगे गजुरेल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १९, बिहिबार (३ हप्ता अघि)
  • १५७ पटक पढिएको
साइकल यात्रा गरेर संसद भवन पुगे गजुरेल

काठमाडौं, १९ चैत। रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन गएका छन् ।

सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका हुन् ।

दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक चढेर सिंहदरबारस्थित संघीय संसद भवन गएको फोटो सार्वजनिक भएको छ ।

उनले सम्भव भएसम्म हिँड्न, नभए सार्वजनिक यातायात चढ्न सुझाव समेत दिएका छन् ।

उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस