सीमा नाकामा सहजता बढाउन डीआईजी थपलियाको निर्देशन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (६ दिन अघि)
  • ७१ पटक पढिएको
सीमा नाकामा सहजता बढाउन डीआईजी थपलियाको निर्देशन

वीरगञ्ज, ०६ बैशाख। मधेस प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया ले सीमा नाकाहरूमा सर्वसाधारणलाई अनावश्यक दुःख नदिन मातहतका निकायलाई कडा निर्देशन दिएका छन्।

डीआईजी थपलियाले घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामानमा प्रहरी वा अन्य सम्बन्धित पक्षबाट अनावश्यक हैरानी दिने काम तुरुन्त बन्द गर्न स्पष्ट निर्देशन दिएका हुन्।

उनले सीमाक्षेत्रमा शान्ति, सुरक्षा र नागरिकमैत्री व्यवहार कायम राख्न जोड दिँदै नियम कार्यान्वयनका क्रममा सर्वसाधारणको दैनिक जीवनमा असर नपर्ने गरी संवेदनशील भएर काम गर्न आग्रह गरेका छन्।

हालै सीमा नाकाहरूमा भन्सार कडाइका कारण सर्वसाधारणले दुःख पाएको गुनासो बढ्दै गएको अवस्थामा डीआईजी थपलियाको यो निर्देशनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस