हत्याको अभियोगमा चार जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २६, बिहिबार (२ हप्ता अघि)
  • ११८ पटक पढिएको
हत्याको अभियोगमा चार जना नियन्त्रणमा

काठमाडौं, २६ चैत। भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सोही नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो ।

तामाङलाई कुटपिट गरेर उनीहरूले मारेको सूचना स्थानीयले दिएपछि प्रहरी चौकी बोयाँबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस