६ हजार सिलिन्डर गोदाममा भेटियो, श्रीराम ग्यासलाई तीन लाख जरिवाना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)
  • १६३ पटक पढिएको
६ हजार सिलिन्डर गोदाममा भेटियो, श्रीराम ग्यासलाई तीन लाख जरिवाना

काठमाडौँ, ०३ चैत। आधा ग्यास भरिएको सिलिन्डर पनि नपाएर उपभोक्ताको भान्सा संकटमा परेका वेला श्रीराम ग्यासको ललितपुर हरिसिद्धिस्थित गोदाममा पूरा भरिएका (१४.२ केजी) ६ हजार ३७७ थान सिलिन्डर स्टक भेटिएको छ । सरकारको अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार दिउँसो अनुगमन गर्दा यति ठुलो परिमाणमा ग्यास फेला पारेको हो ।

सिलिन्डरको यो संख्या काठमाडौं उपत्यकामा रहेका श्रीराम ग्यासको सबै डिलरलाई एक चरण वितरण गर्न पुग्छ । उपत्यकाका ग्यास डिलरमा एकपटकमा ४० देखि ८० सिलिन्डर ग्यास झर्ने गर्छ । श्रीराम ग्यासको उपत्यकामा १३० डिलर छन् ।

वाणिज्य विभागका निर्देशक नरहरि तिवारीले श्रीराम ग्यासले ठुलो परिमाणमा ग्यास अनावश्यक सञ्चय गरेर कृत्रिम अभावलाई प्रश्रय दिएको पाइएको बताए । उनका अनुसार विभागले उपभोक्ता संरक्षण ऐन, २०५४ अनुसार कारबाहीस्वरूप तीन लाख जरिवाना तिराएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस