अन्तर्राष्ट्रिय बज्जिका यात्रा ३—किशुनदयाल “श्रीकृष्ण”

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २५, मंगलबार (५ साल अघि)
  • ३७ पटक पढिएको
अन्तर्राष्ट्रिय बज्जिका यात्रा ३—किशुनदयाल “श्रीकृष्ण”


फाल्गुन २५ गते
मुज्जफरपुरको पडावपोखर लेन नं. ३ को दक्षिणपट्टि रामदयालु हँुदै मुज्जफरपुर पटना राजमार्ग भेटाइन्छ भने कुरा डा.रणवीर कुमार राजन सरले हामीलाई भन्नु भए मोताबिक हामी त्यहाँबाट हिड्छौँं । अगाडि सञ्जय सुदामाजीको बाइक बढ्छ सम्भवतः वहाँलाई मुज्जफरपुरका गल्ली र बाटोहरु हामीभन्दा परिचित हुन्छन् । पडावपोखर रोडमा नै मित्रजी र म चढेको बाइकको पछाडिको चक्कामा किला घोचियो जो मभन्दा पहिले मसँगै बाइकमा बस्नु भएको सञ्जय मित्रजीलाई अनुभव हुने बित्तिकै तुरुन्त बाइक रोक्न अनुरोध गर्नु भयो । म पनि सम्भव भएसम्म सुरक्षित साथ बाइक रोक्ने बित्तिकै मित्र सर झट्ट आेिर्लदै बाइकको पछाडिका चक्कामा नियालेर हेर्दा एउटा किला भेटाउनु भयो अनि मलाई अलि अगाडि पछाडि गर्न लगाएर किला झिकनु भयो तर त्यो किल कही न कही मेरो दिमागमा घोच्यो कि अब त्यो चक्का पन्चर भयो यसले हामीलाई पछाडि सुदामाजीबाट अझ भौतिक दुरी बढाउँछ किनकि वहाँको मोबाइलमा भारतीय सिमकार्ड सुचारु भएको छैन् । एकै छिन मित्रजीलाई भन्छु सर किला त भित्रैसम्म घोचेजस्तो छ भन्न नसकिदै सरले उत्तर दिई हाल्नु भएछ कि किला टायरमा सिधा नभएर तेर्साे रहेछ सायद यसले त्यति हावा ननिस्कनु पर्ने । उता सुदामाजी पनि टाढिँदै हुनु हुन्छ । मुज्जफरपुरको सडक सवारी र मानव दुबैले अटाई नअटाई छ । यो उथल पुथल हँुदाहुदै हामी बाइकमा सवार भएर अगाडि सुदामाजीलाई हेर्दै अगाडि बढ्छौं तर वहांलाई नदेख्दै शहरको मुल बाटोको चौबाटो आई पुग्छ । म अलमलमा हँुदै गर्दा मित्र सर ऊ पश्चिमतिरको बाटोमा सुदामाजीको बुट्टे गलबन्दी र खरानी रंगको स्वेटर देखाउँंदै उतै जान इशारा हुँदै गर्दा बाइक त्यसतर्फ मोडिसक्या हुन्छ । बाटोमा कतै पन्चर टाल्ने पसल पनि छ कि मनमनै खोज्दै अगाडिी बढिरहेको हुन्छु । सडकमा भएको ठूलो सानो, दुई पांग्रे, तिन पान्ग्रे, चार पांग्रेदेखि चौबिस पांग्रेसम्मलाई छिछोलदै अगाडि बढिरहेका हुन्छौं । उता पछिल्लो चक्कामा बिझेको किला झिकिसक्दा पनि डरले चक्काको हावा कम भए जस्तो भान भइरहेको हुन्छ । हामी पडावपोखरबाट हिडेको दस एघार मिनेट नबित्तदै पटना जाने राजमार्गमा पुग्छौं । राजमार्गको केही बेरको यात्रापछि म सुदामाजीलाई आग्रह गर्छु कि सर मेरो पछाडिको चक्काको हावा त कम भएको छैन ? अनि सुदामाजी भन्नु हुन्छ छैन कम भएको निर्धक्क चलाउनुस सर । त्यो राजमार्ग डिभाइडरबाट आउने र जाने छुट्टाइनुका साथै फेरि हामी जाने लेनमा पनि तीन रोड मार्कले ठूलो गाडीका लागि तिब्र गति र मध्यम गति र छेउमा सानो सवारीको लागि भनेर छुट्टाइनुले बाइक हाक्न एकदम सजिलो भएको अनुभव हुन्छ । अब सूर्यको प्रकाश पनि बिस्तारै पहेलोबाट रातो हँुदै बेलुकाको साझ पर्न लागि सकेको जस्तै मुज्जपरपुर जिल्ला कटेर सूर्य अस्ताउदै गर्दा बैशाली जिल्लामा प्रवेश गर्छौं र पनि हाम्रो यात्रा आफ्नै तेज तर सुरक्षित गतिमा अगाडि बढिरहेको छ । केही बेरको यात्रापछि झमक्कै साँझ परिसक्छ । बेलुकाको करिब पौने आठ बजे हामी हाजीपुर मुल बजार कटेर अबको पन्द्रह किलो मिटरको दुरीमा रहेको पटनातिर लागेका के हुन्छौं अब ठूल–ठूलो गाडीहरुको एन्टी लाइटले पनि यात्रालाई असहज बनाइरहेको छ । त्यसै भएर हामी बाइक आफ्नो साइडमा रोक्छौं । हाम्रो सल्लाह आजको रात्री बज्जिकाको पावन भूमि बैशालीको वर्तमानको सदरमुकाम हाजीपुरमा बस्ने हुन्छ । हामी बाइक केही बेरको लागि ओभर ब्रिजको तलबाट डिभाइडरको अर्कोपट्टि केही सडक नियम विपरीत पनि पार गरेर जान सफल हुन्छौं । दुई चार मिनेटको गाडी हकाइपछि हामी हाजीपुरको रेलवे स्टेशन, हाजीपुर जकशन आइपुगेका हुन्छौँ । अब हामी रात्री बासको लागि आफ्नो अनुकुलको बास स्थानको खोजी गर्छौं । ठिक हाजीपुर जकशनको मूलद्वारको अगाडिको लजमा म र मित्रजी कोठा हेर्न पुग्छौं, त्यो हामीलाई त्यती ठिक जस्तो लाग्दैन् । हामी लजवालालाई आफ्नो बाइक लजमा कहाँ पार्क गर्ने भनेर सोधदा रेलवेको पार्किङ्गमा देखाउँदा हामीलाई असुरक्षित जस्तो लागेर अर्को लजमा सोध्न पुग्दा पनि पार्किङ्गको लागि अघिकै ठाउँतिर इशारा हँुदै विश्वस्त गराइन्छ कि त्यहाँ सयौं बाइक सुरक्षित राखिन्छ । फाइनली हामी आवासीय होटल सनराइज एण्ड भोजनालयमा पुग्छौं, यसको दोश्रो तलामा रहेको कोठा, ओछयान र दाम पनि हामी आफ्नो उपयुक्त पाएर म कोठाको दक्षिण पूर्व कुनामा बनाइएको दराजमा आफ्नो टाउकोको सुरक्षा गार्ड हेलमेट र झोला राखेर काठामै जोडिएर रहेको बाथरुममा सामान्य हाथ–मुख सफा गरेर बाइक पार्किङ्ग गर्न भनेर तल झर्दासम्म सञ्जय सुदामाजी हाम्रो बाइक रुँघेर बस्नु भएको हुन्छ । स्थानीय समय रात्रीको करिब आठ बजेको हुन्छ । पार्किङ्गभित्र छिर्दा हाम्रो बाइक राख्ने ठाउँ त्यहाँका ठेकेदारले इशारा गर्छन् । हामी दुवै जना बाइक राख्दै गर्दा ठेकेदार आएर सोध्छन् कि “अपने बाइक कए बजे निकालम ?” हामी भन्छौं “बिहान सुबेरे छओ से सात बजे ।” अनि उनी भन्दछन् – अहिलेको रात्री बारह बजेसम्म एक बाइकको पार्किङ्ग चार्ज रु. पन्द्रह, त्यस हिसाबले दुईको भोलिको रात्री बारह बजेसम्मलाई रु. साठी भन्दै वहाँ १०७८ कुपन नम्बर भएको दुईवटा कुपन दुइटै बाइकमा नम्बर पलेटको माथि गमले टाँस दिन्छन् र त्यही नम्बरको दुईवटा कुपन हामीलाई दिदा सुदामाजीले मलाई नै राख्न भन्नु हुन्छ । म आफ्नो पर्सबाट एक सय रुपियाँको भारतीय नोट दिएर कुपन सुरक्षित साथ पर्समा राख्छु । त्यत्तिकैमा उनी आफ्नो खल्तीबाट भा.रु. १०को ४ वटा सिक्का फिर्ता दिन्छन् । अनि म आफ्नो मोबाइलमा पार्किङ्ग कुपन सहितको दुवै बाइकको नम्बर प्लेटको फोटो खिचेर, हाम्रो बाइक सुरक्षित भएको विश्वास साथ लजको कोठामा पुगेर बारी बारी हाथ मुख सफा गरेर हामी त्रिमूर्ति श्रीकृष्ण, मित्र र सुदामा तल हाजीपुर रेलवे जक्शन हेर्न भनेर हिँड्छौं । जक्शनमा भएको रात्री प्रकाश व्यवस्थापनले हाम्रो मन लोभ्याउँछ । हामी त्यहाँ मित्रजी मेरो मोबाइलमा फोटो खिच्न सहयोग गर्नु हुन्छ । हामी आफै सेल्फी फोटो पनि आ–आफ्नो मोबाइलमा खिच्छौं । मित्र सर हामी त्रिमूर्ति तिन कोणबाट आर्ट सेल्फी फोटो खिच्न सफल हुनु हुन्छ । हामी जक्शनभित्र किताब पसल खोज्छाँै तर किताब पसल एका दुका भए पनि आज शनिबारले गर्दा बन्द भएको हुन्छ । हाम्रो साहित्य र इतिहासको किताब किन्ने सपना अधुरै राखेर खाना खोज्नतिर लाग्छौं । यसो साफ सुथरा नन–भेज होटेल खोज्दै जादा एउटा आयुर्वेदिक दवाई पसल देख्छौ । त्यसको नाम हुन्छ दीर्घायु आयुर्वेद एण्ड पञ्चकर्म । यसमा हामी विकोको वज्रदन्ती पेस्ट १०० ग्राम, पाउडर १०० ग्राम र ब्रश मित्रजी किन्नु हुन्छ । म पनि आफ्नो लागि तुलसी अर्क किन्छु । हाम्रो कुराकानीबाट पसलले हामी नेपालबाट भोलिपल्ट हुने मातृभाषा दिवसको अवसरमा बज्जिका भाषाको लागि आएकोले प्रभावित भएर हामीलाई एक एक पसलको कार्ड र वर्ष २०२१को क्यालेण्डर उपहार स्वरुप दिएर बिदा गर्दा हामी खानाको लागि नन–भेज होटेलको लागि सोध्दा होटेल पञ्चवटीको नाम सुझाउनु हुन्छ । हामी उतैतिर लाग्छौं ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस