सखुवा प्रसौनी गुठीको ५ बिघा अतिक्रमित जग्गा खाली

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १३, आईतबार (१ महिना अघि)
  • २२६ पटक पढिएको
सखुवा प्रसौनी गुठीको ५ बिघा अतिक्रमित जग्गा खाली

पर्सा,१३ बैशाख। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो को पहलमा बिहानैदेखि ७ वटा डोजर प्रयोग गरी अतिक्रमण हटाउने काम गरिएको गाउँपालिका अध्यक्ष यशवंत यादवले जानकारी दिए।

उनका अनुसार उक्त क्षेत्रमा रहेका ३८० वटा घरटहरा खाली गराइएको छ। गाउँपालिकाले विगत दुई वर्षदेखि अतिक्रमण हटाउने प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन। केही दिनअघि मन्त्री महतो स्वयं स्थलगत निरीक्षणमा पुगेपछि अभियानलाई तीव्रता दिइएको हो।

“अहिले पनि खाली गराउने काम जारी छ। ३८० घरटहरा हटाइसकिएको छ,” अध्यक्ष यादवले भने, “माननीय गृहमन्त्रीको विशेष पहलमा अभियान प्रभावकारी रूपमा अघि बढेको हो।”

यसैबीच, सोही गाउँपालिकाको मधुवन क्षेत्रमा रहेको गुठीको थप २९ बिघा अतिक्रमित जग्गा पनि खाली गराउने कार्य जारी रहेको मन्त्री महतोले बताए। अभियानका लागि करिब ३०० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

प्रशासनले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्राथमिकता दिँदै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस