सिरहामा पानीमा डुबेर एक बालिकाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ३०, बुधबार (४ साल अघि)
  • ३४ पटक पढिएको
सिरहामा पानीमा डुबेर एक बालिकाको मृत्यु


राजेन्द्र महतो लहान । असार ३० गते
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।
जिल्ला को बरियारपट्टी गाउँ पालिका ( ३ राजदेव ठाकुरकी ८ वर्षीय छोरी नितु कुमारी शर्माको जमेको पानीमा डुबेर मृत्यु भएको हो।
हराएको हाँस खोजी गर्न गएको बेला केहि समय सम्म घर नआएपछी स्थानीय र मृतक को आमा ले खोजि गर्दै जादा नजिकै खाल्डोमा डुबेको अबस्थामा भेटाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बालिकालाई उपचारको लागि स्वास्थ्य चौकी बरियारपट्टी लाग्दा डाक्टरले मृत्यु घोषण गरेका थिए ।
शव पोष्टमार्टमका लागि लहानस्थित रा। उ। स्मारक अस्पतालमा पठाइएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले बताएका छ्न।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस