१२ घण्टा लामो छापा : दीपक भट्ट–सुलभ अग्रवालको अफिसबाट कागजपत्र बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (१३ घण्टा अघि)
  • ११७ पटक पढिएको
१२ घण्टा लामो छापा : दीपक भट्ट–सुलभ अग्रवालको अफिसबाट कागजपत्र बरामद

काठमाडौं, ०२ वैशाख। सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।

नयाँ वर्ष २०८३ को पहिलो दिन अर्थात वैशाख १ गते विभागले भट्ट, अग्रवाल र हमालयन रिमा छापा मारेको हो ।

भट्टको सानेपास्थित किरण भवनमा अवस्थित कार्याल र घरमा छापा मार्दै सिल मारेको स्रोतको भनाइ छ ।

विभागले उनीहरूको घर र कार्यालयमा १२ घण्टाभन्दा लामो विशेष अप्रेसन चलाएको हो ।

‘भट्ट र अग्रवालको कार्यलय लगायतमा विशेष अप्रेसन चलाइएको छ,’ स्रोतले भन्यो, ‘त्यसक्रममा भट्टको सानेपास्थित अफिस सिल गरिएको छ भने डकुमेन्ट, कम्युटर, ल्यापटप लगायतका कागजपत्र नियन्त्रणमा लिएको हो। अग्रवालको कार्यालयमा दिनभर छापा मारेर डकुमेन्ट कम्प्युटर, ल्यापटप नियन्त्रणमा लिइएको छ ।’

विभागको टोलीले हिमालयन रि मा छापा मारेर कागजात सहित सीसीटिभी रेकर्ड समेत नियन्त्रणमा लिएको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवासी भट्ट र अग्रवालमाथि अनुसन्धान भइरहेको छ । उनीहरूलाई हिरासतमा राखेको विभागले अनुसन्धान गरिरहेको छ ।

भट्टमाथि बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार (सेयर बजार) र अन्य क्षेत्रमा लगानी गरी त्यसको अवैध स्रोत लुकाएको, छलेको र स्वरूप बदलेको आरोप छ ।

अदालतको आदेशमा उल्लेख भएअनुसार, भट्टले सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) का विभिन्न खण्डहरूद्वारा निषेधित कार्य गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।

अग्रवालमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

अग्रवाल यसअघि २०७६ सालमा ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पनि पक्राउ परेका थिए । त्यसबेला उनलाई पछि तारेखमा छाडिएको थियो ।

यसअघि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनको भने बयान सकिएपछि रिहा गरिएको विभागले जनाएको छ ।

शंकर ग्रुप नेपालका प्रमुख व्यावसायिक घरानामध्ये एक हो । समूहअन्तर्गत जगदम्बा स्टिलसहित स्टिल, सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता वस्तु क्षेत्रमा लगानी रहेको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस