२०औं एसियाली खेलकुद नजिकिँदै, बजेट अभावले प्रशिक्षण प्रभावित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (८ घण्टा अघि)
  • ७७ पटक पढिएको
२०औं एसियाली खेलकुद नजिकिँदै, बजेट अभावले प्रशिक्षण प्रभावित

काठमाडौं, ०२ वैशाख। जापानमा आगामी असोजमा हुने २०औं एसियाली खेलकुदको तयारीका लागि थालिएको विशेष प्रशिक्षण (मिसन–२०२६) रोकिएको छ ।

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित २०८० माघ १५ गतेबाट सुरु भएको विशेष प्रशिक्षण बजेट अभावका कारण गत माघ मसान्तबाट रोकिएको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षणका लागि अहिलेसम्म करिब ४/५ करोड खर्च भइसकेको छ । तर, प्रतियोगिता आउन पाँच महिना बाँकी हुँदा प्रशिक्षण भने रोकिएको छ ।

बजेटका लागि पटकपटक माग गरेपनि अहिलेसम्म नआएको उपनिर्देशक श्रेष्ठले बताए । बजेटका लागि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत जानकारी गराइएको थियो । त्यतिबेला कार्कीले राखेपले सञ्चालन गरेको मिसन–२०२६ लाई निरन्तरता दिन निर्देशन दिएकी थिइन् । तर, हालसम्म बजेट आएको छैन ।

‘बजेट अभावका कारण अहिले विशेष प्रशिक्षण रोकिएको छ’, उनले भने, ‘११ करोड ४५ लाख बराबरको बजेट प्रस्ताव पठाएका छौं । ४/५ पटक मन्त्रालयमा पनि गयौँ । तर, बजेटको व्यवस्था भएको छैन ।’

उनले प्रतियोगिता नजिकिएको बताउँदै तयारी तीव्र बनाउनुपर्ने बेला बजेट अभावले प्रशिक्षण रोक्नुपरेको बताए ।

विशेष प्रशिक्षणमा १० खेलका ३३७ खेलाडी प्रशिक्षणमा थिए । तर, प्रशिक्षण रोकिँदा उनीहरू लय बिग्रिने जोखिममा छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस