गण्डकीमा मन्त्रिमण्डल हेरफेर, नयाँ मन्त्रीले लिए शपथ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (४ महिना अघि)
  • १७६ पटक पढिएको
गण्डकीमा मन्त्रिमण्डल हेरफेर, नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं, ०२ वैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्री हेरफेर गरेका छन्। बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नयाँ मन्त्रिपरिषद्मा कांग्रेसबाट अर्थमन्त्रीमा जित शेरचन, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ नियुक्त भएका हुन्।

त्यस्तै, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकासमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस