बिहारमा नयाँ नेतृत्व, सम्राट चौधरी बने मुख्यमन्त्री

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (२ महिना अघि)
  • १९९ पटक पढिएको
बिहारमा नयाँ नेतृत्व, सम्राट चौधरी बने मुख्यमन्त्री

काठमाडौं, ०२ वैशाख। भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बिहारको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्। उनी राज्यमा भाजपाबाट मुख्यमन्त्री बन्ने पहिलो नेता समेत बनेका छन्।

लामो समयसम्म बिहारको सत्ता सम्हालेका नीतीश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै सम्राट चौधरीका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। नीतीश कुमारले हालै राज्यसभा सदस्यको रूपमा शपथ लिएका छन्। यससँगै बिहारको मुख्यमन्त्रीका रूपमा नीतीश कुमारको २१ वर्ष लामो यात्रामा पूर्णविराम लागेको छ।

नीतीश कुमार सन् २००० मा पहिलो पटक सात दिनका लागि मुख्यमन्त्री बनेका थिए। तर, उनको स्थायी कार्यकाल भने नोभेम्बर २००५ बाट सुरु भएको थियो। नयाँ सरकार गठनसँगै सम्राट चौधरीसँगै जनता दल (युनाइटेड) का नेताहरू विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्री पदको शपथ लिएका छन्।

बिहारको राजनीतिमा भाजपाको यो उदय र नीतीश कुमारको बहिर्गमनलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। भाजपाले पहिलो पटक आफ्नै नेतृत्वमा सरकार बनाउन सफल भएपछि राज्यको आगामी राजनीतिक दिशा कस्तो हुने भन्नेमा सबैको चासो बढेको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस