
रौतहट ,१३ असोज। रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापतिमा राकेश यादव उर्फ पप्पु यादव निर्वाचित भएका छन्।
नगर सभापतिमा निर्वाचित यादवले पार्टीभित्रका सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई एकढिक्का बनाएर संगठनलाई थप मजबुत बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आपसी एकता, सहकार्य र समन्वयका माध्यमबाट नेपाली कांग्रेसलाई नगरस्तरमा थप सुदृढ बनाउने बताएका छन्। साथै, पार्टीका नेता तथा कार्यकर्ताबीच रहेको मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठन विस्तारमा जोड दिने प्रतिबद्धता जनाएका छन्।
सोमबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका पूर्व नगर सभापति बाबुराम अधिकारीलाई सम्मान तथा बिदाइ गर्दै यादवलाई नगर कमिटीको जिम्मेवारी प्रदान गरिएको हो।
जिम्मेवारी पाएलगत्तै पत्रकारसँग कुरा गर्दै यादवले विगतका दिनमा पार्टीभित्र देखिएका मनमुटाव तथा असमझदारीलाई समाधान गर्दै नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
