
सर्लाही,०६ मंसिर। सर्लाहीको ईश्वरपुर नगरपालिका–१ शंकरपुरस्थित एक घरबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार राति करिब ११ः५० बजे ईश्वरपुर नगरपालिका–१ शंकरपुर निवासी हरिनारायण कुशवारको घरमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
सो क्रममा घरबाट सात जनालाई नियन्त्रणमा लिनुका साथै नगद तथा विभिन्न सामग्री बरामद गरिएको हो । प्रहरीले उनीहरूको साथबाट विभिन्न दरका नेपाली नगद १ लाख ३५ हजार ४२५ रुपैयाँ, कौडा ६ वटा र मोबाइल फोन ३ थान बरामद गरेको जनाएको छ ।
