शम्भु पंडित जेठ ०३ गते जनकपुरधाम ।
धनुषामा जेसिबी चोरीको घटनाले प्रहरीको सुरक्षा व्यवस्था फितलो देखिएको छ। धनुषा जिल्लाको ढल्केवरस्थित आयुष निर्माण सेवाको आफ्नै कार्यालय अगाडि पार्किङ्ग गरिराखेको अवस्थामा बैशाख २५ गते अनटेस्ट जेसिबी चोरी भयो । चोरी भएको जेसिबी ढल्केवरबाट झण्डै ६० किलो मीटर नेपालको भूमि हुँदै जिल्लाकै दक्षिण पूर्वमा पर्ने पटेर्वा सीमा सुरक्षा पोष्ट नजिकैबाट जेसिबी भारत लगियो । चोरले चोरी गरि लगेको जेसिबी सीमा पार गराउँदा समेत सुइँको नपाउनु प्रहरीको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ। त्यो पनि निषेधाज्ञासँगै सीमा नाका शिल गरिएको अवस्थामा । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि धनुषा जिल्लामा बैशाख २१ गतेदेखि लम्बाएर जेष्ठ १० गतेसम्मका लागि निषेधाज्ञासँगै जिल्लाका सबै सीमा शील गरिएको थियो । सीमा सुरक्षाको जिम्मेवारी शसस्त्र प्रहरी बलले पाएको छ। सीमा क्षेत्रमा शसस्त्र प्रहरी बलका जवान प्रत्येक सय मिटरको दुरीमा रहेर डियुटीमा खटिएका हुन्छन्। मानिसलाई समेत आउजाउ गर्न रोक लगाइएको अवस्थामा जेसिबी जस्तो यति ठुलो उपकरण भारततर्फ कसरी गयो? प्रश्न खडा भएको छ । चोरी भएको अनटेस्ट जेसिबी भारत बिहार राज्यको मधुबनी जिल्लामा रहेको सञ्चालक महेन्द्र महतोले दाबी गरेका छन्। उनले बैशाख ५ गते जनकपुरधामस्थित एक शोरुमबाट ४७ लाखमा खरिद गरी ल्याइएको जेसिबी चोरी भएको बताए । ’जेसिबी चोरी भएका थाहा पाए लगतै इलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएको र आफु पनि साथीको सहयोगमा खोज्दै जाँदा जेसिबी भारत प्रवेश गरिसकेको थाहा पाएँ’, सञ्चालक महतोले भने २५ गते राति १ बजेर २० मिनेटमा चोरी भएको जेसिबी बिहानको ५ बजेतिर सीमा पार गर्दै भारततर्फ गएको उनले बताए । जेसिबी टायरको चिन्ह्र र ट्राफिक प्रहरी कार्यालय ढल्केवरमा जडान गरिएको सिसि टिभिमा हेर्दा जनकपुरतर्फ लगिएको देखिएपछि पन्छ्याउँदै जाँदा जनकपुर, औरही, तीन कोरिया, लगमा हुँदै पटेर्वास्थित कमला नदी पार गरेर पारी लगिएको सञ्चालक महतोको भनाई रहेको छ । सञ्चालक महतो भन्छन्, ’खोजतलास गर्न भारत पनि गएँ, भारतको कमलाबारीस्थित एक पेट्रोल पम्पमा जडान गरिएको सिसिटिभिमा नियाल्दा जेसिबी दक्षिणी भू–भाग झन्झापुरतिर लगिएको एकिन भएपनि फेला पार्न सकिएन । ’ढल्केवरबाट जेसिबी चोरी भएको यो भने पहिलो घटना होइन। यस अघि यही बैशाख ५ गते ना १ क ५९२४ नम्बरको जेसिबी ढल्केवरस्थित प्रहरी कार्यालय अगाडि पार्किङ्ग गरिराखेको अवस्थामा चोरी भएको थियो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले चोरी भएको जेसिबी भारत प्रवेश भएको यकिन भइसकेको बताउँदै जिल्ला प्रहरी कार्यालय धनुषामार्फत भारतीय प्रहरीसँग समन्यवयमा खोजतलास जारी रहेको बताए ।
Listen to this article
0:00
3:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






















प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead