चैत्र ०१ गते
नेपालमा मत सर्वेक्षण गर्ने भरपर्दो प्रणाली र प्रथा दुबै छैन। यदि यी दुबै कुराको व्यवस्था हुँदो हो र अहिले, वर्तमानमा, हाम्रा नेताहरूको लोकप्रियताको स्तर थाहा पाउन मत सर्वेक्षण गर्ने हो भने उनीहरूको लोकप्रियता इतिहासमा नै सर्वाधिक तल्लो स्तरमा पुगेको देखिन्थ्यो। अहिले नेताहरूको लोकप्रियता सर्वाधिक निम्म बिन्दु पुगेको छ। नागरिकहरूलाई अहिले नेताहरू उपर अविश्वास मात्र होइन, उनीहरूप्रति आदर पनि छैन। आदर ह्वातै घटेर गएको छ। तर कुनै समयमा नेताहरू प्रति जनताको उच्च सम्मान थियो। ठूलो आदर थियो। प्रेम थियो। सद्भाव थियो। २०४६।४७ पहिलेको स्थितिको कुरा गर्ने हो भने, त्यसबेलामा नेताहरू प्रति जनताको उच्च सम्मान मात्र होइन बलियो विश्वास पनि थियो। एक पटक नेताहरूले आह्वान गर्दा उनीहरूको अभिव्यक्तप्रति व्यक्तिहरू सम्मोहित हुन्थे। उनीहरूले भने अनुसारको कार्य गर्न तयार हुन्थे। उनीहरूलाई सुन्न अनेक आम सभामा पुग्थे। केही नेताहरूले खुलामञ्चमा भाषण गर्दा श्रोतहरू ढुंगा जस्तो स्थिर भएर ती नेताहरुको भाषण सुन्थे। नेताहरुको भाषणमा आफ्नो र देशको भविष्य देख्थे। तर अहिलेका नेताहरूको भाषण सुन्न उनीहरूले तानेर ल्याएका व्यक्तिहरू मात्र उपस्थित हुन्छन। भाषण सुन्न भाडामा कार्यकर्ता ल्याउनु पर्ने स्थिति छ। र यो स्थिति अहिले नेताहरूले गर्दा उत्पन्न भएको हो।
उहिले, नेताहरूको आह्वानमा व्यक्तिहरूले जुलुश प्रदर्शनमा भाग लिन्थे। तर अहिले स्थिति बदलिएको छ। नेताहरूको लोकप्रियता घटेर गएको मात्र छैन, कार्यकर्ताहरुले नै नेताउपर हातपात गरेको सुनिएको छ, देखिएको छ। अहिले प्रम ओली, माधव नेपाल, पुष्पकमल दहाल, महन्त ठाकुर, उपेन्द्र यादव, झलनाथ खनाल, राजेन्द्र महतो, बाबुराम भट्टराई जस्ता नेताहरू, जसले नेपालको राजनीतिलाई बलियो गरी प्रभाव पार्न सक्छन, को लोकप्रियता ह्वात्तै घटेर गएको छ। यसरी यी नेताहरूको लोकप्रियता घट्नु उनीहरुकै राजनीतिक भविष्यको लागि राम्रो होइन। भोलिका दिनमा हुने चुनावहरूमा उनीहरूले विजय प्राप्त गर्न असम्भव नै हुनेछ। पहिलो पङ्कतिमा रहेका मात्र होइन अहिले, लगभग सबै स्तरका नेताहरूको लोकप्रियत ज्यादै घटेको छ। एक किसिमकले भन्ने हो भने अहिले मानिसलाई नेताहरू उपर वितृष्णा जागृत भएको छ। जनताले नेताहरूको बोलीमा झूठ, गाली गलौज, अपशब्द, अशिष्टता, प्रतिशोध मात्र देखि रहेको छ। नेताहरूले, एकले अर्कोको आलोचना गर्दा अति अमार्यादित शब्दहरू प्रयोग गरि रहेका छन। छाडा शब्दहरू प्रयोग गरि रहेका छन। उनीहरूको यस्तो किसिमको व्यवहार आउने पिढीहरूले पनि अवश्य सिक्ने छन किनभने अगाडिको होल जुन दिशमा जाने हो पछाडिको हलो पनि त्येही दिशमा जाने हो।
किन र कसरी घट्यो नेताहरूको लोकप्रियतारु आउनु होस यस प्रश्नको उत्तर खोज्ने प्रयास गरौ।
मानिसलाई त्यागले शक्तिहीन होइन महान बनाउँछ। यो कुरा हाम्रो अनुभवहीन नेताहरूले बुझ्न सकेका छैनन। सबैलाई शक्ति चाहिएको र तत्काल एवं अहिले चाहिएको छ। शक्तिको भाग बण्डा लगाउनु परेको छ। कसैलाई पनि धैर्य छैन। नेताहरूमा देखिएको त्याग(अभाव प्रवृतिले उनीहरूलाई स्वार्थी तुल्याइ दिएको छ र आफ्नै त्यो प्रवृतिले गर्दा नै इतिहासमै अलोकप्रियताको चुलीमा उनीहरू पुगेका छन्। महात्मा गाँधी कुनै पदमा बसेनन र उनको हातमा कुनै ठूलो पदीय शक्ति पनि थिएन तर महात्मा गाँधीलाई अहिले संसारले चिन्छ। उनको देखाएको बाटो ९अहिंशा० धेरै हिंडेका छन्। तर हाम्रो नेताहरूलाई शक्ति चाहिएको छ त्यो पनि अहिले नै।
अवसरवादी प्रवृति पनि नेताहरूको ख्याति र लोकप्रियता पतनको कारण हुन पुगेको छ। आफ्नै दलको प्रमलाई अनेक दाउपेंचद्वारा पदच्यूत गर्न खोज्ने अनि अर्को दलको व्यक्तिलाई प्रम हुन प्रस्ताव गर्ने जस्ता घोर अवसरवादी प्रवृतिले नेताहरूलाई चरम अलोकप्रिय तुल्याएको छ। यस्तो कार्य गर्न माधव नेपाल, पुष्पकमल दहाल, झलनाथ खनाल लागेकोले उनीहरू जनतामाझ अति नै लोकप्रिय भएका छन्। अर्कोतिर प्रम ओलीमा पनि औसरवादी प्रवृति देखिएको छ। आफ्नो पक्षमा एमालेका नेताहरू ठूलो संख्यमा रेहको मौकाको उपयोग गर्दै ओलीले आफ्नै दलका अन्य वरिष्ट नेताहरूले भनेको सुन्न छाडेका थिए। र अहिले पिन त्येही स्थिति छ।
अहिले कुनै एक नेताको पनि लोकप्रियता चुलिएको स्थिति छैन। हेरक दलको नेताको लोकप्रियता पतनउन्मूख छ किनभने कुनै नेतासँग पनि जनतालाई राहत दिने खास किसिमको आर्थिक मुद्दा छैन। कोरोना(पीडित राष्ट्रिय अर्थ व्यवस्थाको उपचार गर्न नेताहरूले खास खास किसिमको आर्थिक मुद्दाहरू ल्याउनु पर्ने हो तर ल्याएनन। अहिले कुनै नेतासँग, न त कुनै राजनीतिक दलकसँग नै, कुनै खास किसिमको आर्थिक मुद्दा छ। आर्थिक मुद्दा विहीन छन्।
नेताहरूको लोकप्रियता क्षय हुने अर्को कारण हो उनीहरूको कुर्सीमाथिको अर्जुन(दृष्टि। अनेक किसिमका मार्यादित अमार्यादित काम गरेर भए पनि, जस्तो सुकै किसिमको दाउपेच गरेर भए पनि, अडान परिवर्तन गरेर भए पनि नेताहरूलाई अहिले कुर्सी ९पद(प्रम, मन्त्री० चाहिएको छ। उनीहरूको यस किसिमको सत्ता मोहले गर्दा नै नेताहरू शक्ति केन्द्रतर्फ दौडि रहेका छन। कुनै वरिष्ट नेताले प्रम ओलीलाई भेटि रहेको छ भने कुनैले शेरबहादुर देउवालाई, त कुनैले पुष्पकमल दहाललाई, कुनैले माधव नेपाललाई। कुर्सी मोहले गर्दा उनीहरू शक्तिको ‘म्युजिकल चेयर’ को वरिपरि दौडि रहेका छन्। कस्तो परम्परा१ कस्तो राजनितिक संस्कृति१ नेताहरूमा रहेको ‘शक्तिमा रहनु पर्ने ‘ मनोविज्ञानले गर्दा उनीहरूको लोकप्रियता ह्वात्त तल गएको उनीहरूलाई ज्ञात छैन। कुनै कथाको एक पात्र, बादशाह, राम्रो लुगा लगाउने सुरमा नाँगो हुन पुगेको जस्तो।
नेताहरूको गुट बन्दी प्रवृति उनीहरूको लोकप्रियता क्षयको अर्को महत्वपूर्ण कारण हुन पुगेको छ। एउटै दलभित्र पनि अनेक उपदलहरू रहेको स्थिति छ। एमालेमा नै हेरौ, माधव नेपालको एउटा उपदल छ भने ओलीको अर्को उपदल छ। यस्तै स्थिति नेपाली कांग्रेसमा पनि छ। यस्तै स्थित जसपामा पनि छ। जसपा त झन एक यस्तो राजनीतिक दल हुन पुगेको छ, जुन दलमा हरेक वरिष्ट नेता सँग आ(आफ्नो पृथक पृथक राजनीतिक स्वार्थ छ तर पनि सत्ताको लागि उनीहरूले कृत्रिम मेलमिलाप गर्नु परेको छ। सत्ता प्राप्तिको दौडमा अहिले जसपाका नेताहरू पनि बालुवाटारको म्याराथुन दौडमा छन। गुटबन्दीको प्रवृतिले नेताहरूको लोकप्रियता अति नै खस्केको कुरा उनीहरूले पनि बुझ्नु पर्ने हो।
मेलमिलापको भावना नेताहरूमा ऐतिहासिक किसिमले ह्रास भएको छ। नेताहरू बिच विश्वासको ठूलो संकट छ। म सही अर्को गलत प्रवृतिले नेताहरूलाई अति नै अलोकप्रिय तुल्याएको उनीहरुलाई पत्तो सम्म पनि छैन।
हाम्रा नेताहरूमा जनताको सामाजिक जीवन प्रति ज्यादै कम चाँसो रहेको पाइएको छ। नेपाली समाजमा अनेक किसिमका सामाजिक मुद्दाहरू छन। छाउप्रथा, दाइजो वा दहेज, जातीय विवेद, विधुवा विवाह, शाक्षरता, महिला शिक्षा, महिला रोजगारी, लैंगिक विभेद जस्ता अनेक सामाजिक समस्याहरूले नेपाली समाजलाई आक्रान्त पारेको छ। तर यस्ता सामाजिक मुद्दाहरूलाई नेताहरुले सम्वोधन गरेको पाइएको छैन। बरू यस्ता समस्याहरू सरकारले समाधान गर्ने हो भनेर नेताहरू पन्छिएको देखिएको छ। हाम्रो सन्दर्भमा, नेताहरू केवल शक्ति ९पद० को भोको देखिएका छन। सामाजिक समस्यासँग उनीहरूलाई कुनै सरोकार छैन। उनीहरूमा कुनै किसिमक दायित्व बोध छैन।
जनताको बिचमा गएर नै नेताहरूले राजनीति गर्ने हो। जुन सुकै स्तरको नेता भएता पनि उसले जनताको सहयोगमा नै राजनीति गर्ने हो। यो कारणले गर्दा पनि नेताहरू जनतामाझ लोकप्रिय हुन वा उनीहरूले आफ्नो लोकप्रियताको स्तर कायम राख्न, खस्न नदिन आवश्यक छ। होइन, लोकप्रियताको स्तरप्रति ध्यान नदिने र केवल सत्ताको पछि मात्र दौडिने हो भने त्यस किसिमको मनोविज्ञानले छोटो अवधिका लागि कुनै नेतालाई कुर्सीमा आसिन गराएता पनि कालान्तरमा गएर उक्त नेतालाई राजनीतिबाट बहिर्गमन गराउने छ। त्यो नेताले चुनावमा पराजित भएर राजनीतिको मैदान छोड्नु पर्नेछ।
अहिले नेपाली जनताको राजनीतिक चेतनाको स्तर राम्रो अवस्थमा छ। जनताले नेताहरूको राजनीतिक क्रियाकलापलाई राम्रो गरि अनुगमन गरि रहेको छ। सत्ताको लागि सँधै दाउपेंचमा लाग्ने नेतालाई जनताले चुनावमा अवस्य पनि पराजित गर्नेछ। दुई चार जना कार्यकर्ताले कुनै पनि नेतालाई चुनावमा विजयी गराउन सक्ने होइन, विजयी गराउने आम जनता नै। त्यसकारण नेताहरूले आफ्ना दुई चार जना झोले कार्यकर्ताहरूलाई खुसी तुल्याउनुको सट्टा आम जनतालाई खुसी तुल्याउने कार्य गर्नुपर्छ। आफूले राम्रो कार्य गरेर स्वयंलाई लोकप्रिय तुल्याउनु पर्छ।
विश्वराज अधिकारी
बपयगतष्थिब२नmबष्।िअयm
क्बतगचमबथ, ःबचअज ज्ञघ, द्दण्द्दज्ञ