चैत्र ०१ गते
कटहरिया बजारमा बद्धस्थल नहुँदा अस्वस्थकर मासुखान बाध्य उपभोक्ता
रौतहटको कटहरिया बजारमा पशु बद्धस्थल नहुँदा उपभोक्ताहरु अश्वस्थकर मासु खान बाध्य भएका छन । बजार क्षेत्रमा खसी तथा कुखरा काटने ब्यवस्थितबद्धसालाको अभावमा उपभोक्ताहरु झिंगा भन्केको मासुु खान बाध्य भएका हुन ।कटहरिया बजारमा उपभोक्ता संरक्षण मञ्च द्धारा कहिलै अनुगमन नहुनुु र स्थानिय निकाय पनी उक्त समस्या प्रती गम्भिर नभएका कारण पशुुबद्धशाला ब्यवस्थित हुन नसकेको उपभोक्ताहरुले गुनासो गर्नु भयो।
कटहरिया स्थित हाट बजार क्षेत्रमा चारै तर्फ रहेको होटेल ब्यवशायीले दिन भरी बेचेको खाली माटाका कटिया,पानीको बोतल,र ठाँउ ठाँउमा पानी जमेर फोहर भई गन्हाउने गर्दछन ।खसी तथा कुखरा काटने बद्धशाला नभएका कारण बिहानै देखी कसाई तथा कुुखरा काटने कटरहरुले सोही फोहरको बिचमा खसी तथा कुखरा काटेर माुसुु बेच्ने गर्दछन । बजार क्षेत्रमा अन्य कुनै स्थानमा सफा र ब्यवस्थित
बद्धशाला न भएका कारण फोहर कसींगर जमेको बिचमा राखेर काटिएको खसी तथा कुखराको अश्वश्थ्यकर मासुु खरीद गर्न उपभोक्ताहरु बाध्य छन् । पछिलो समय आर्थिक अभावमा बजारक्षेत्रमा ब्यवस्थित
बद्धशाला नहुुँदा उपभोक्ताहरु यथास्थितीमा चित बुुझाए पनी अहिल स्थानियतहमा जन प्रतिनिधी भए पनि हजारौं जनताको स्वास्थ्य संग सरोकार को बिषय मा मेयर,उपमेयर,तथा वडा अध्यक्षको कहिले ध्यान जाने त्यो बिषय चाँही प्रतिक्षाको बिषय बनेको छ ।