आरके श्रीवास्तव । कटहरिया । चैत्र ०१ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत घरहरु बनाउनको लागि धमाधम शिलान्यास गरिएको छ । कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया,हथियाही,विर्ति प्रष्टोका र बगहीमा डोम,मुसहरहरुको लागि पक्की घरको लागि शिलान्यास धमाधम गरिएको छ । प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पकी घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का आठौ जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर, र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो । जनता अवास कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर २ जमुनियामा डोमहरुको लागि पकी घर अब बन्न लागेको हो । आज शनिबार एक कार्यक्रमका बिच रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (ख) का प्रदेश २ सांसद एवम नेकपा ओली समुहका नेता कुन्दन कुशवाहा , कटहरिया नगरप्रमुख शियाराम कुशवाहा,वडाध्यक्ष हरेन्द्र साहले सँयुक्त रुपमा शिलान्यास गर्नु भयो । सांसद कुशवाहाले मुसहर,डोम टोलहरुमा जनता आवास योजना अन्र्तगत १ सय २५ वटा घर बनाइने बताएका छन । विधायक कुशवाहाको निर्वाचन क्षेत्र अन्तरर्गत पर्ने कटहरिया नगरपालिकाको वडा नम्बर २ मा २४ वटा, वडा नं. ३ बिर्ति प्रष्टोकामा ९ वटा,वडा नम्बर ७ बगहीमा ३२ वटा,गरुडा वडा नम्बर ५ शिवनगरमा ७ ,महम्दपुरमा १४ वटा,गरुडा वडा नम्बर ६ पोठीयाहीमा २७ वटा,कटहरियामा १ वटा,फतेपुरमा ४ वटा घर यसै आर्थिक वर्ष भित्रमा निर्माण गरिने सांसद कुशवाहाका सहयोगी दिपक दुब्बेले बताएका छन । सांसद कुशवाहाले आफनो कोटा बाट आफनो निर्वाचन क्षेत्र भरिमा १ सय २५ घर निर्माण गराउँदै छन् । अब छिटै सबै ठाउँमा पनि घर निमार्णको काम अगाडी बढाइने विधायक कुशवाहाले बताउनु भयो । शिलान्यासको अवसरमा कटहरिया नगरप्रमुख सियाराम कुशवाहा,वडा नम्बर २ का वडाध्यक्ष हरिन्द्र साह,वडा नम्बर ४ का वडाध्यक्ष एवम् कटहरिया नगर प्रवक्ता चन्दन कुशवाहा,कार्यपालिका सदस्य रामप्रवेशस साह ,युवा नेता राकेश गिरी,महेश यादव,नरेश साह,रामनरेश कुशवाहा,उमेश महतो,कमलेश भगत,पुनित ठाकुर सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।