चैत्र ०४ गते ।
योजना भनेको कुनै पनि कार्य सम्पन्न गर्नको लागि गरिने पूर्व तयारीलाई न हो । विना योजना कुनै पनि काम अर्थपुर्ण, व्यवस्थित, समयमा सम्पन्न गर्न सकिदैन । नेपालमा योजनाबद्ध विकासको थालनी वि।स। २०१३ सालबाट भएको छ र अहिले १४औँ ९ ०७३÷०७४ – ०७५÷०७६ ० योजना सकिएर १५ औँ योजना चलिरहेको छ । यो अवधिमा जे जति लगानी भए त्यसबाट चित बुझ्दो परिणाम हासिल गर्न नसकेको कुरा स्वयम् योजनाविद्हरु बिना हिचकिचाहच स्वीकार गर्छन् । आज देशका झण्डै २५ प्रतिशत जनसङ्ख्या गरिबिको रेखामुनी बिताउन बाध्य भएका छन् त्यो कुनै रहर होइन । यो देशको परिस्थितिलाई हेर्दा यो देशको के हुन्छ भन्न गाह््रो हुन्छ ? ८३ प्रतिशत जनताको रोजगारीको अधार कृषि भएको छ , गैर कृषि क्षेत्रमा रोजगारीको विकास हुन सकेको छैन । जनताको आर्थिक स्थिति नाजुक छ र वार्षिक प्रतिव्यक्ति आय ७१० डलर मात्र छ, जुन अति नै कम आय भएको मुलुकको दर्जामा छ ।
हाम्रो देशको जनताहरु सबै भन्दा बढि कृषि क्षेत्रमा निर्भर रहे ता पनि कृषि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्न न त केन्द्र सरकारले कुनै मजबुत कनुन तथा आधुनिक तरिकाले कृषि गर्न सकिने प्रविधिको विकास गर्न सकेको छैन न त युवाहरुलाई यस क्षेत्रमा लाग्नको लागि प्रोत्साहन नै गरेका छन जसका कारण दिन प्रति दिन बेरोजगारी समस्या बढि रहेको छ र बौद्धिक पलायन भइरहेको छ । जुन नियन्त्रण भन्दा बाहिर गइरहेको छ । यदि यसरी नै रह्यो भने एक दिन यो देशमा मात्र महिला र बालबालिका बस्छन र सबै युवाहरु विदेश पलायन हुनेछ । जसको कारण हाम्रो देशको विकास हुन सक्दैन । सरकारले अपनाएको नीतिले गरिबी, बेरोजगारी र आयको असमानतालई घटाउन सकेको छैन । किनकी त्यो नीतिले गरिबी निवारण र रोजगारी प्रवद्र्धनमा प्रमुख भूमिका खेल्ने कृषि क्षेत्रलाई प्रमुख रुममा छुन सकेको छैन । ग्रामिण क्षेत्रमा आय र रोजगारीको क्षेत्र भनेको कृषि नै हो । अर्को तिर राजस्व चुहावट, आर्थिक अनियमितता र भ्रष्टाचार जस्ता समस्याहरुले राष्ट्र विकासलाई चुनैती नै दिएको छ । मितव्ययिताको नाममा अनियन्त्रीत रुपमा खर्च बढ्न गएको छ ।
उल्लेखित तथ्याङ्कहरुले के औँल्याइरहेको छ भने नेपालमा जुन अनुपातमा आर्थिक विकास हुनुपथ्र्यो त्यो हुन नसकेकोमा योजनाकारहरु चिन्तित हुनुपर्ने हो , त्यो देखिएको छैन । आर्थिक विकासको प्रमुख अधार योजनाबद्ध आर्थिक विकास नै हो । अधिकांश विकाशील राष्ट्रहरुले सीमित साधन, स्रोत, पुजीँ र सीप लगाएर बढी भन्दा बढी आर्थिक उपलब्धि हासिल गर्न प्रयत्नशील रहेका हुन्छन् । योजना पार भइसक्दा पनि आर्थिक रुपले पछाडी पर्नमा योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन आदि क्षेत्रहरुका केही न केही त्रुटी भएका छन । ती त्रुटीहरुलाई केलाउदा निम्नलिखित ४ कारणहरु देखिन्छन् ।
१. बढदो भ्रष्टाचार र दल गत नितिको हावी
नेपाल जस्तो विकाशोन्मुख देशहरुमा विकासका कार्यहरु गर्न धेरै समस्याहरु आउन सकिन्छ । किनभने यहाँ राजनितिक गर्न वा राजनितिज्ञ बन्न कुनै डिग्री वा शैक्षिक प्रमाणको आवश्यकता राखेको छैन । एउटा सधारण औठा छाप अशिक्षित मानिसले पनि पैसाको अधारमा र नातावाद क्रिपाबादको प्रवितिका कारणले चुनावमा टिकट लिइन्छ र पैसा खर्च गरेर चुनाव जित्छन । जुन व्यक्तिलाई वास्तवमा योजना के हो यो कसरी बनाईन्छ यी कुनै कुराको अवगत हुदैन तै पनि पैसको भरमा पावर बनाउन र भ्रष्टाचारको माध्यमले पैसा कमाउन राजनितिक गर्छन जसका कारण देशको विकास हुनुको सथै दिन प्रति दिन भ्रष्टाचार नै भ्रष्टाचार मैलाउदै गएको छ । कुनै पनि विकासको काम गर्दा यहाँ ४० प्रतिशत पनि ठोस काम गर्न सकिरहेको छैन ।
२. तथ्याङ्कको अधारमा योजना तर्जुमा हुन नसक्नु
योजना तजुमाका लागि यथार्थ जानकारी आवश्यक पर्छ र त्यसको सम्भावनाको बस्तुपरक अध्ययन हुनुपर्छ । नेपालमा यसततर्फ ध्यान दिई पर्याप्त तथ्याङ्क प्रयोग गर्नु पर्छ । सातामा रहने सरकारी अधिकारीहरु र योजनाकारहरुले आफ्नो अर्थतन्त्रको अवस्था, कार्यन्वयनको क्षमता र साधन स्रोतको ख्याल नगरी महत्वकांक्षी योजना बनाउनृ र उपलब्धितर्फ असफल हुन गएको छ । नेपालमा कतिपय योजनाहरु सम्भावना र आवश्यकताको पहिचान बिना राजनीतिक भाग र दवाबको अधारमा बन्ने गर्दछ । जसको कारण कार्यावन्यनको चरणमा पुग्दा नपुग्दै समस्याग्रस्त हुन्छ । योजनाको तर्जुमा सम्भाव्यतालाई ध्यान दिई वस्तुपरक रुपमा गनुपर्छ तर नेपालमा हचुवाको अधारमा योजना तर्जुमा गर्दा असफल हुन गएको हो । योजना तर्जुमा गर्दा त्यसको लक्ष्य, कार्य, समय, साधन, स्रोत र जनशक्तिको लागतको विस्तृत विश्लेषण हुनुपर्छ, जसबाट योजनाको कार्यान्वयन र मूल्याङ्कन सरल हुन जान्छ । हाम्रो देशमा यो परिपाटीलाई ध्यान दिइएको पाइदैन ।
३. कार्यान्वयन स्तरमा त्रुटी
नेपालको योजना असफल हुनुमा कार्यान्वयन स्तरको त्रुटिमा निम्न लिखित पक्षहरु जिम्मेवार छन ।
क) प्रशासनकीय कारणः प्रशासन यन्त्रको सञ्चालक कर्मचारी तन्त्र हो । अयोग्य, भ्रष्ट कर्मचारीहरुले योजनालाई दुहुने गाई ठान्छन् । योजना सञ्चालन प्रक्रियामा अपनाउनु पर्ने ठेक्का–पट्टा, कर्मचारी भर्ना, जग्गा अधिकरण आदि जस्ता कानुनी प्रक्रियाहरुले कमिशन भ्रष्टाचारी तथा घुसखोरीलाई प्रोत्साहन दिएको हुन्छ । अर्को तिर योजना कार्यान्वयनमा जिम्मेवारी कायम गर्ने स्थिति स्पष्ट नहुँदा योजना असफल भएका हुन्छन् ।
ख) प्राविधिक कारण ः योजना तर्जुमाको समय प्राविधिक पक्षलाई ध्यान नपु¥याउने गरिदाँ कार्यान्वयनको समयमा समस्या उत्पन्न भई बीचैमा रोकिने हुन जान्छ । जस्तै पुल बनाउने ठाउँको माटो परीक्षण नगरी पुल बनाउन सुरु गर्दा हुने परिणती ।
ग० भौतिक कारण ः भौतिक आपूर्तिको अभावले पनि कतिपय योजना बीचैमा काम बन्द भएको देखिन्छ । सरकारका विभिन्न मन्त्रालय, विभाग, कार्यालय बीच समन्वयको अभावको कारण खर्चिलोका साथै अधुरो बन्न पुगेका छन् । खानेपानी, सडक, दुरसञ्चार बीच हुनुपर्ने समन्वयको अभावमा हाम्रा सडकहरु सधैँ निर्माणाधिन अवस्थामा देखिन्छन् । जस्तै जग्गा प्राप्ति गर्न नसक्दा भएका कठिनाईहरु रहेका छन ।
४. मूल्याङ्कन प्रक्रियामा त्रुटी
नेपालमा योजना असफल हुनुमा मूल्याङ्कन प्रक्रियाको त्रुटिपूर्ण स्थिति पनि जिम्मेवार छ । योजना कार्यान्वयनको अवस्थामा उद्देश्य उन्मुख भए नभएको सम्बन्धमा सटीक मूल्याङ्कनको अभाव देखिन्छ । यसको साथै योजना उपलब्धिको लेखाजोखा, उपलब्धि, लेखापरिक्षण, लागत लाभ विश्लेषण जस्ता मूल्याङ्कनलाई प्रभावकारी बनाउने पक्षहरु कार्यान्वयन भएको देखिँदैन अर्कोतिर आयोजना सम्पन्न भएपछि संरक्षणको उचित व्यवस्था हुन नसक्नु पनि कमजोरी पक्ष हो ।
उल्लेखित योजना तर्जुमा, भ्रष्टाचार, कार्यान्वयन र मूल्याङ्कन पक्षमा देखिएका त्रुटि पूर्ण स्थितिलाई केलाएर सुधार गर्नेतर्फ शासक एवं योजनाकारहरुले ध्यानदिन सकेमा योजनाबद्ध आर्थिक विकासले सफलता हासिल गर्दै जाने कुरामा शङ्का गर्न नपर्ला । भ्रष्टाचारलाई नियन्त्रित गर्नको लागि नेपाल सरकारले कर्मचारीहरुको तलव भत्ता तथा सेवा सुविधा बढाई कार्यान्वयन गरे भ्रष्टाचार निवारण गर्न सकिन्छ । यसको साथै कुनै पनि कामको अनुगमनको पनि अनुगमन गनु आवश्यक देखिन्छ । भ्रष्टाचारमा परेको सानो कर्मचारी देखि ठुलो कर्मचारी र सानो नेता देखि ठुलो नेतालाई नियमबामोजिम कारवाही गरेमा मात्र सम्भव हुने देखिन्छ ।
समग्रमा हाम्रो देशमा योजनाहरु समयमै सम्पन्न नहुनुको कारण माथी उल्लेख बाहेक अरु पनि थुप्रै कारणहरु रहेको छ । नेताहरुको आसेपासेको संरक्षण गर्ने तथा कार्यकर्ता पालन गर्ने बानीको हावीले गर्दा पनि नेपालमा अधिकाम्स योजनाहरु समयमा सम्पन्न हुन सक्दैन भए पनि दिगो बिकासको दृष्टिकोणले हुन सक्दैन ।
ूदेश बिकास गर्नको लागि सम्बैधानिक आयोगहरु निश्पक्ष तथा खुला प्रतिस्पर्धाबाट हुनु पर्छ ।ू हाम्रो देशको नेताहरुको नियतमानै खोट भएको कारणले नै गर्दा देश बिनासको बाटो तिर धक्लिदै छ । देश बनाउनको लागि योजना बनाउने व्यक्तिको आवश्यकता पर्छ भने योजनालाई सफल बनाउनको लागि व्यक्तिमा शिक्षा सहित ईमानदारिताको पनि आवश्यकता पर्छ ।