स्मिथ रजक । गौर । चैत्र ०४ गते
रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ९ रामपुर खापबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी रामपुर खापले १२५ किलो अबैध कुखुरा बरामद गरेर नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पी) रामपुर खाप बाट सशस्त्र प्रहरी नायब निरीक्षक पंकज सिंहाको कमाण्डमा ५ जनाको गाड़ी मोबाईल टोलीले भारत बाट अवैध तरिकाले नेपाल भित्राउने अवस्थामा १२५ किलो कुखुरा बरामद गरेको छ । करिब ४ः४५ बजे को समयमा सशस्त्र प्रहरी ले अन्दाजी मूल्य ३१२५०÷–(एकतिस हजार दुई सय पचास रुपया)बराबर को कुखुरा बरामद गरेको हो ।
गस्ती टोली लाई देखि कुखुरा छोडेर भागे को अवस्थामा कुखुरा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पी) रामपुर खापका सशस्त्र प्रहरी निरीक्षक पंकज सिंहाले जानकारी दिनु भयो ।
जनप्रतिनिधि ,पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त कुखुरा लाई नष्ट गरेका छन । खुल्ला सिमाना को कारण ले तस्करहरु मौका छोपी यस्ता अबैध गतिबिधीहरु भइरहेको सूचना हामी पाएको हाम्रो टोलीले दिन–रात सिमा मा खटि तलगातार अवैध कारोबारहरु रोक्ना मा सफलता पनि पाएका छन् ।