चैत्र ०५ गते ।
जीवन यस्तै हो र यसै गरी बितिहाल्छ भन्ने लाग्याथ्यो तर कहिले कल्पना नगरेको समय देख्नु पर्यो गरुडा नगरपालिका २ का ४८ वर्षीय रामनिरंजन तिवारी भन्छन् । ४८ वर्षीय तिवारी आफूले कहिल्यै आजसम्म यस्तो किसिमको महामारी देखेको सम्झना नभएको बताउँछन् । कोरोनाले विश्वलाई नै हल्लाएको छ । यसबाट हामीले धेरै कुरा सिक्ने मौका पायाँै । अहिले त भिडभाड देख्यो कि एक किसिमको डर मनमा लागेर आउँछ । प्रायः अहिले पनि घर बाहिर निस्ँिकदा माक्स लाएरै निस्किन्छु । यसले कोरोनाको संक्रमणलाई केही हदसम्म रोक्न मद्दत पु¥याउँछ यसको साथै अन्य सरुवा रोगबाट पनि बचाउन हामीलाई सहयोग पु¥याएको छ । बसगाडीमा कतै जाँदा आउँदा होओस् वा हाट जाँदा यसले धेरै सहयोग पु¥याएको छ । पेशाले पँडित भएकाले पूजापाठ गराउन जाँदा पनि डर मानी –मानी जानुपर्ने बाध्यता छ । लकडाउनमा कमाइ मरेकोले आफू सावधानी अपनाई काम गर्न गएको सम्झन्छन् । बाहिरबाट आउने बित्तिकै लगाएका लुगाकपडाहरु फेर्ने गर्छु, तुरुन्त साबुन पानीले हातमुख धुने र शुरुमा त सेनेटाइजर पनि प्रयोगमा ल्याइयो अहिले सेनेटाइजर उति नलगाए पनि माक्स र साबुन पानी छुटाएको छैन । छोराछोरी पनि खेलेर आएपछि साबुन पानीले हात धुने काम गरिरहेको देख्दा मलाई धेरै खुशी लागेको छ । यो एक वर्षको कोरोना कालले हामीलाई धेरै कुरो सिकाएको जस्तो लाग्छ । पहिला गाउँघरतिर बाहिरबाट कोही मान्छे आयो भने हातमुख धुन पानी दिने चलन थियो र प्रायः घर बाहिर मान्छेले धारा हाते कल राख्थे साथै इनारहरु पनि हुन्थे र घरपरिवारका सदस्य लगायत बाहिरबाट आउने अतिथिले हातखुट्टा धोएर मात्र घरमा प्रवेश गर्थे तर अहिले यो चलन हराएर गएको छ र इनार, धाराको ठाउँमा बाथरुम, गिजरले ओगटेको देखिन्छ । झन्डै बाहिरबाट आएपछि हातमुख धुनुपर्छ भने कुरो त हामीले बिर्र्सि नै सकेकाथ्यौँ र अहिले कोरोनाले हामीलाई पहिलेका आनीबानीको बारेमा सम्झना गराएको छ । वास्तवमा आफ्नो स्वास्थ्यको ख्याल आफैले राख्नुपर्दो रहेछ । यो महामारीबाट हामी स्वयं सचेत रही अरुलाई पनि सचेत रहन सिकाउनु पर्ने कुरा हो ।
त्यस्तै अर्काथरि एकजना ब्यक्ति गढीमाई नगरपालिका १ मा बस्ने राम आधार गुप्ता आफ्नो अनुभव यसरी ब्यक्त गर्छन् – कोरोनाको कारण जीवनमा धेरै कुरा सिक्ने मौका पाएँ । जीवनप्रति सचेत रहनु पर्छ । हाम्रो सानो लापर्वाहीले पनि जीवनलाई खतरामा पु¥याउन सक्ने भएकाले यसप्रति सबै सचेत हुनु पर्छ । सरसफाई लगायत अपरिचित ब्यक्तिसित कुराकानी गर्दा दुरी कायम गरेर मात्र कुराकानी गर्ने, बाहिरबाट ल्याएको कुनै सामग्री झट्ट छोइहाल्न नहुने, आपत कहिल्यै पनि भनेर नआउने हुँदा आइहालेमा पनि आत्मबल बनाइ राख्ने र समुदायमा आफ्नोतर्फबाट हुन सक्ने सहयोग गर्न पनि तयार हुनु पर्ने कुरा यसले सिकाएको छ । कोरोनाको समयमा लगाइएको लकडाउनले निम्त्याएको आर्थिक संकटले भविष्यको लागि पनि केही जोहो गर्नु पर्दो रहेछ । प्रकृतिको संकट अनेक रुपमा आउन सक्ने भएकाले भोलिको लागि पनि आफूलाई चाहिने आधारभूत कुराको बारेमा सोच्नु पर्ने यो समयले सिकाएको कुरा हो । हुन त हाम्रो मुख्य जिम्मेवारी भनेको हाम्रो घरमा रहेका बालबालिका र बुढापाकामाथि पनि हो । बालबालिका र बुढापाकाहरुमा रोगसित लड्ने क्षमता कम हुन सक्ने भएकाले कुनै पनि रोग छिट्टै सर्ने भएकाले यिनीहरु भिडभाडमा जाँदा सावधानी अपनाउने, अपरिचित ब्यक्तिकोतिर जान नदिने र साबुनपानीको प्रयोग गर्ने, शुद्व पानी पिउने, खोक्दा ह्याच्छु गर्दा नाकमुख छोपेर खोक्ने ह्याच्छु गर्ने, कोहीसित कुराकानी गर्दा सकेसम्म दुरी बनाएरै कुराकानी गर्ने बानीले भोलिको दिनमा अरु पनि सरुवा रोगबाट बचाउन सक्ने भएकाले यी उपायहरु अपनाउन र माक्सको प्रयोगमा जोड दिने कुरा सिक्न पाइयो । यस्तै सिकाइ हामीहरुको पनि हुन सक्ला वा छ ।
हुन त यसको प्रभाव आज पनि छँदैछ । कोरोनाबाट संक्रमितहरुको संख्या अहिले फेरि बढ्न थालेको देखिएको छ भारतमा भने अर्कोतिर भ्याक्सिन पनि प्रयोगमा आइसकेको र क्रमश बिस्तारै–बिस्तारै सबैलाई चरण–चरण गरेर दिइने काम पनि भैरहेको छ । भ्याक्सिन लिए पनि हामी साबुन पानीले हात मिचिमिचि धुने काम निरन्तर गर्न आवश्यक छ । गर्मी याम लागेपछि झाडापखालाका रोगीहरु, ज्वरो, रुघाघोकीका बिरामीहरुको संख्यामा वृद्वि भएको देखिन्थ्यो भने अहिले कोरोनाकै कारण मान्छेले माक्सको प्रयोग, साबुन पानीको प्रयोग, सामाजिक दुरी कायम गर्ने बानीले गर्दा अन्य वर्षको तुलनामा यसपालि बिरामीको संख्यामा केही कमी आएको देखिएको छ । मानिस स्वस्थ्य हुनका लागि खानपान, उसको वातावरण, आनीबानी प्रमुख भएकाले अब यो विश्व महामारीको अवस्थाबाट गुज्रिरहेको बेलामा हामी आफू र आफ्नो घरपरिबारको ख्याल राख्न आवश्यक छ । भोलिका दिनमा आउन सक्ने सम्भावित खतराबाट बच्न आजैदेखि आफ्नो आनीबानीमा सुधार ल्याउन पनि जरुरी देखिन्छ । अहिले पनि भिडभाडमा जाँदा होस् वा अन्य कुनै काममा भ्याक्सिन लाएको छु अब म सुरक्षित छु भनी ठान्न हुन्न् किनकि हामी अहिले भ्याक्सिनको पहिले खोप मात्र लाएका छौ अहिले दोस्रो चरणको खोप लाउन बाँकी नै छ र हामीले लाए पनि घरकै अन्य सदस्यहरु तथा समुदायका सम्पूर्ण ब्यक्तिहरुले लाइसकेको अवस्था छैन त्यसकारण हामी ढुक्क हुन हँुदैन । भारतमा यो पनि पाइएको छ कि दुई डोज भ्याक्सिन लगाइसकेपछि पनि कोरोना संक्रमित भएका छन् । यसकारण सावधानी त हर हालतमा चाहिने रहेछ । अहिले पनि हामी जोखिममै छाँै त्यसकारण सावधानीका उपायहरु नै हाम्रो लागि रामवाण हुन सक्छन् । यो एक वर्षको समय हामी सम्पूर्णका लागि ज्यादै कष्ठप्रद साबित भए पनि आगामी दिनलाई सरल बनाउने हाम्रो प्रयास हुनु आवश्यक देखिन्छ । वातावरणदेखि लिएर हाम्रो जीवनसित प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने ती सबै कुराहरुप्रति हामी सचेत हुनु आवश्यक देखिन्छ । हामी सबै सचेत भई अगाडि बढेमा कोरोना जस्तो महामारीलाई पक्कै पनि जित्न सक्छौं र यसको लागि आत्मबल पनि अपरिहार्य तत्वको रुपमा देखिएको छ । बिगतमा हरेकको धैर्यता, बिश्वास र आत्मबलले नै हामी सबैलाई यहाँसम्म पु¥याउन सफल रहेको हो । रोग लाग्नुभन्दा पनि रोग लाग्न नदिनु र रोगको बाटो छेक्नु नै हाम्रो बुद्विमानी हो । यो संकटबाट हामी सम्पूर्णले धेरै कुरा सिक्ने मौका पायौँ ।
पहिलेजस्तो मानिस अहिले हात मिलाउन छाडेका छन् । हात मिलाउनुको साटो अहिले मानिसहरु मुठी कसेर जोड्ने गरेका छन् वा सबैभन्दा बढी नमस्कार गर्ने गरेका छन् । परैबाट एकअर्कालाई मुस्कान साटासाट गरेर पहिलेदेखि नै चिनजानको दर्शाउन खोज्दछन् । आत्मीयताको प्रदर्शन पनि यसै गरी मानिसहरुले गर्न थालेका छन् । आफूभन्दा धेरै ठूला भए खुट्टामा ढोग्ने चलनमा कुनै कमी आउन सकेको छैन । यसको मूल कारण पनि कोरोना नै हो । कोरोनाले सम्मान गर्न पनि सिकाएको छ । यति हुँदाहुँदै पनि र सबैले धेरै कुरा सिकेको हुँदाहुँदै पनि वास्तवमा सुरक्षा र सावधानी नै सबैभन्दा बढी मानिसले सिकेका हुन् । अनावश्यक भीडभाड वा सहर बजारमा जानु हुन्न भन्ने पनि सबैले सिकेर अहिले अनावश्यक घुमफिरमाथि व्यक्तिले आफैले नियन्त्रण कायम गरेका छन् । र जहाँ बढी कोरोना संक्रमित पाइएको छ, त्यहाँ जान नचाहेका पनि हुन् । मानिसको यो स्वाभाविकता हुन गएको छ कि जुनसुकै अवस्थामा पनि सावधान रहनु पर्दछ ।