प्रदीप दास । चैत्र ०४ गते।
स्वागत छ , यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संबादमा ।
–धन्यवाद !
प्रश्न नम्बर – १ तपाईको परिचय दिनुहोस्।
–मेरो नाम रामप्रसाद यादव ,घर चाहि पथरा बुधराम वडा नम्बर एक मा हो। म यस श्री माध्यमिक विद्यालय पथरा बुधरामको निर्वाचन प्रक्रियाबाट निर्वाचित विद्यालय व्यवस्थापन समितिको अद्यक्ष हु।
प्रश्न नम्बर – २ तपाई यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ ,तपाई अध्यक्षको हिसाबले के के विकास र सुधार गर्ने सोच राख्नु भएको छ ?
–म निर्वाचित भएर अध्यक्ष बनि आउदा यो विद्यालयको धेरै खराब स्थिति थियो ,शिक्षकह? मनपरी गर्ने ,समयमा न आउने ,टिफिन मै छुटी दि हाल्ने ,आज सम्म विद्यार्थीलाई किताब नमिल्नु जस्ता काममा सुधार गरि विद्यालयलाई उच्च स्तरको बनाउने मेरो सोच रहेको छ तर केहि दलाल ह? मेरो राम्रो कामको सराहाना नगरि मलाई होच्याउन खोजेको र पछि परेको देखिएको छ।
प्रश्न नम्बर – ३ यो विद्यालयमा विद्यार्थीह?लाई विशेष गरि के को समस्या छ ?
–यो विद्यालयमा विशेषत भन्नु पर्दा २÷४ कोसको दुरीबाट पढ्न आउने विद्यार्थी अहिले कक्षा कोठामा उभिएर पढेको देखेर मलाई असाध्यै दुस्ख लागेको छ ,जुन कि हाम्रो यो मा वि पथराका प्रधानाध्यापकको कमि कमजोरी हो किन भने आफ्नो लागि सोफा सेट किनेर आफिस भित्र आराम गर्ने गरेको देखिएको छ। त्यस्तै व्यवस्थापन समितिको बिना कुनै जानकारी नै नदिई विज्ञान प्रविधिका सामग्री किनेको र सी सी टिभी क्यामेरा किनेको र आफु खुशी कमिसन खाएको देखिएको छ।
प्रश्न नम्बर – ४ यसलाई सुधारमा ल्याउनको लागि के गर्नु हुन्छ ?
–यस विद्यालयमा गलत कामको विरोध गर्नु पर्छ र गलत गर्नेलाई अख्तियार सम्म पुर्याई सजाय दिलाए मात्र सुधार हुन्छ।
प्रश्न नम्बर– ५ तपाईलाई यस विद्यालयमा कुनै पनि सामग्री खरिद गर्ने समयमा प्रधानाध्यापक ज्यु नसोध्नु को कारण के होला त ?
–प्रधानाध्यापकको मनसाय के हो भन्दा खेरि ४÷५ महिना मेरो कार्यकाल सकी हाल्छ ,यस बीचमा जे खाउ पाचाऊ गर्नमा लागेको महसुस गर्दै छु ,खाली आफ्नो खल्ती भर्ने सोचमा हुनुहुन्छ विद्यालयमा के समस्या छ त्यहाँ कुनै ध्यान नरहेको देखिएको छ र विद्यालयको सार्वजनिक सम्पति बैंकको पैसा लाखौ लाख आफ्नो बैंक एकाउन्टमा राखेको पाईएको छ।
प्रश्न नम्बर – ६ अहिले तपाईको यस पथराबुधराममा वि मा वालवालिकाको लागि खाजामा कस्तो खाजा खुवाउनु हुन्छ ?
–जहाँ सम्म स –साना बच्चाको खाजाको लागि आएको रकममा पनि व्यापक भ्रष्टाचार भईरहेको देखिएको छ,किनभने दैनिकको सेडुल अनुसार खाजा नखुवाएको र दिनहु बिस्कुट र चाउचाउ दिई राखेको हो र बाकि पैसा कमिसनको ?पमा गोजीमा हालेको देखिएको ।
प्रश्न नम्बर – ७ तपाई र तपाईको विद्यालयको प्रधानाध्यापक बीचको मतभेद कहिले हट्छ होला ,कि हट्दैन ?
–हेर्नुस ,म सत्यको साथ सधै दिन्छु ,असत्यको साथ कहिलै नदिने मेरो सिद्धान्त हो। म कमिसनको लोभ गर्दिन र कमिसन खाएको मान्छेसित साँठ गांठ पनि गर्न चाहदिन । त्यस्ता कमिसनको लोभमा रहेको र समाजको बच्चाको भविष्य संग खेलवाड गरेको ,सार्वजनिक सम्पतिलाई आफ्नो सरह मानि दु?पयोग गरेको व्यक्ति संग मित्रता गर्न पनि चाहन्न। अन्त्यमा म के भन्न चाहन्छु भने प्रधानाध्यापक आफ्नो यो रेवैया नसुधारे वहालाई नै बेफाइदा हुने र सुध्र्यो भने फाईदा हुने जनाउन चाहन्छु।
हवस्त धन्यावाद ,तपाई आफ्नो बहुमूल्य समय दिनु भएको मा ।
–धन्यवाद !