प्रदीप दास। चैत्र ०९ गते।
नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा।
-धन्यवाद।
प्रश्न नम्बर -०१ तपाई आफ्नो छोटो परिचय दिनुहोस।
-मेरो नाम हरेराम पण्डित हो ,म अहिले वृन्दावन नगरपालिकाको रोजगार संयोजकको रुपमा कार्यरत छु। यहाँ मेरो पहिलो नियुक्ति हो। म चाही २०७६ बैशाख देखिनै यहाँ काम गर्दैछु।
प्रश्न नम्बर -०२ यो भन्दा अगाडी कहाँ हुनुहुन्थ्यो?
-यो भन्दा अगाडी भन्नु पर्दा मेरो पहिलो नियुक्ति हो। यहाँ आएको मलाई २ वर्ष जति भयो।
प्रश्न नम्बर- ०३ वृन्दावन नगरपालिका को के छ अवस्था ?
-राम्रो छ धेरै राम्रो ,यो भन्दा पहिला पनि कार्यक्रमहरु राम्रै चलेको थियो ,ठिकै छ।
प्रश्न नम्बर -०४ यहाँ तपाईको पालामा रोजगार संयोजक भएर के के गर्नु भयो?
-मैले ०७५/०७६ मा यहाँ रोजगार संयोजक भएर आउदा खेरि नयाँ थिए ,त्यति बेला धेरै बेरोजगारहरुको फाईल आएको थियो। त्यति बेला सरकारद्वारा बेरोजगारहरुको डाटा कलेक्सन भईरहेको थियो। डाटा कलेक्सन हुने बेला बेरोजगारहरुलाइ लाग्थ्यो कि सरकारले हामीलाई यस्तै रोजगारी दिन्छ भन्दै थियो। तर सरकार त् त्यस्तो गर्नु भएन नि ,भन्नु को अर्थ कुनै पनि सरकारले कुनै पनि देशमा जादा काम गराएर मात्र पैसा दिन्छ। अनि पछि आएर हाम्रो कार्यालयमा करीब करीब ५ हजारको डाटा आयो। त्यति बेला बेरोजगारको लागि ३७ लाख जति बजेट पठायो अनि केहि केहि काम सुरु पनि भयो अनि आर्थिक वर्ष सकिएपछि ,फेरी यो वर्ष बेरोजगार युवाहरु काम गरि नै राखेका छन्। यो कार्यालयमा पोहोर साल १७३ जना बेरोजगारहरुको सुचिकृत भएर आएको थियो।
प्रश्न नम्बर -०५ जुन यो रोजगार शाखा राख्ने भएपछि यहाँ स्थानीय सरकारके उद्देश्य लिएर शाखा कार्यालय राखेको होला ?
-सबैभन्दा पहिला भन्नु पर्दा यो रोजगार कार्यक्रम केन्द्र सरकारबाट प्रशारित भएर प्रदेश सरकारमा अनि स्थानीय सरकारमा आएको कार्यक्रम हो ,डाटा अनुसार भन्दाखेरी केन्द्रमा केन्द्रिय डाटा तयार भएको हुन्छ ,प्रदेश सरकार आफ्नो डाटा तयार गर्छ अनि त्यसपछि स्थानीय सरकारले आफ्नो बेग्लै डाटा तयार गरेर बेरोजगारी युवालाइ जुन कि हाम्रो स्थानीय तह अन्तर्गत पर्ने अति गरीब ,बिपन्न ,दलितको डाटा क्लालेक्सनको आधारमा रोजगारी दिने व्यवस्था रहेको हो। त्यस्तै बेरोजगारीहरुको स्थानीय सरकारले डाटा तयार गरि प्रदेश सरकारलाइ अनि पछी गएर केन्द्र सरकारमा पठाउछ ,र पूरै सिंगो देशको बेरोजगारीहरुको डाटा तयार हुन्छ त्यसैको आधारमा केन्द्र सरकारले बजेट बिनियोजन गर्ने गर्छ।
प्रश्न नम्बर -०६ तपाईको यो रोजगार शाखाले यो वृन्दावन नगरपालिका भित्र कति बेरोजगारीहरुलाई रोजगार दिएको छ ?
– यो हाम्रो वृन्दावन नगरपालिका भित्र भन्नु पर्दा हामीले बिगत २ साल देखि र यो साल नयाँमा डब्लू एफ पी फरवार्ड नेपालको सहयोगमा कामको अनुभवको आधारमा करीब साढे सात सय जनालाई रोजगारी दिएका छौ। ति मध्ये २०० सय बेरोजगारी अनकन्डिसनल डाटाबाट र साढे पांच सय जना रोजगारीमा लागि सकेको छ जुन कार्यक्रम अहिल भन्नु पर्दा यो नगरपालिका भित्रका वडा नम्बर ७ ,८ ,९,१,र २ नम्बर गरि ५ वटा वडामा संचालन भैसकेको छ।
प्रश्न नम्बर -७ बेरोजगारमा सुचिकृत भएका व्यक्तिहरुसंग कस्तो खालका कामहरु गराउनु हुन्छ?
-यो हाम्रो योजनाको उद्देश्य के हो भने हातले काम गरौ न कि मसिन होइन,काम चाही नहर खन्ने ,सडक सफा गर्नका लागि कोदालोले काम गर्ने भनेको श्रम को सदुपयोग गरी बिपन्न समुदायका व्यक्तिहरुलाई छानी रोजगारमा राख्ने गर्दछौ ,अनि ४२ दिनको लागि काममा राखी सम्झौता गरि रोजगार दिने हाम्रो नीति रहेको छ ,र एक दिनको श्रम गरे वापत पांच सय सत्र रुपैया तोकिएको छ।
प्रश्न नम्बर -८ तपाई भन्नु भयो कि यो रोजगार शाखाबाट बिपन्न गरीबलाई रोजगारी दिएका छौ ,वहारूको अनुसार दिनभरि काममा लगाएका हुन्छन खाजाको पनि व्यवस्था मिलाएको छैन के हो यो कुराप्रति तपाई कतिको चासो लिनुहुन्छ ?
– हो यो तपाई धेरै राम्रो प्रश्न गर्नु भो मलाई मन पर्यो तपाईको प्रश्न ,यसको बारेमा भन्नु पर्दा हाम्रो नेपाल सरकारले नै माथिबाट नै दैनिकी पारिश्रमिक पांच सय सत्रका दरले दिनु भनि निर्णय गरिएको छ। यो कुराप्रति मनन गर्दैमा यो तपाईको आवाज नगरपालिकाको मेयर देखि शाखाका बिभिन्न सरोकारवालाहरुसंग शेयर गर्ने छौ कि कामदारहरुको लागि खाजाको व्यवस्था मिलाई दिनुहोस् भनेर।
हवस्त। धन्यवाद तपाईलाई ,हाम्रो यो वर्तमानकाल दैनिक पत्रिकाको नयाँ सम्बादमा आफ्नो बहुमुल्य समय दिनु भएको मा।
धन्यवाद ,तपाईलाइ अनि तपाईको होलटिमलाई जुन कि मलाई आफ्नो दुई शब्द जनता माझ राख्ने मौका दिनुभएको मा। नमस्कार धन्यवाद।