धर्मेन्द्र कुमार यादव( महोत्तरी,चैत्र ०९ गते
मिथला परिक्रममा लुटपाट गरि आतंक मचाउने पाँच जना भारतिय महिला लाइ पक्राउ गरी आइतवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन।
जिल्लाको बल्वा नगरपलिका वाडा नं ९ स्थित धुर्वकुण्डमा परिक्रमा आएको बेला भक्तजनहरु लाई लुटपाट गर्ने महिला हरुलाई प्रहरीले पक्राउ गरेका थिए। पक्राउ पर्नेमा सितामढी जिल्लाको भिठामोड १४ बस्ने निलम देवी कवार, चोरौत ७ बस्ने कुसुम देवी डोम र गुडिया देवी डोम, बिसनपुर १३ बस्ने रिन देवी चमार र पिन्की देवी चमार रहेक छीन।
पक्राउ परेकी महिलाहरु बाट सुनको मंगलशुत्र ५४ थान, सुनको सिक्री ६ थान, सुनको टप २ थान, सुनको सानो सानो दाना ३६ पिस गरी जम्मा १६ तोला ७ लाल सुन, चदीको गहना २४ तोला ८४ लाल बरामद गरिएको छ।
बरामद भएका सुन र चादीको बजार मूल्य १४ लाख ३३ हजार ७ सय रहेको छ।
त्यस्तै भारतिय रुपय ३६४९० र नेपाली रुपया ५८३८४ नगद सहित विभिन्न कम्पनीको मोबैल ९ थान र फलामको फोल्डिङ चक्कु ५ थान बरामद गरिएको छ।
पक्राउ परेकी महिलाहरु माथी चोरी तथा डाका सम्बन्धी मुद्दा चलाइने कुरा पत्रकार सम्मेलनमा जनाइएको छ।