रौशन चौधरी । चैत्र ०९ गते। गरुडा, रौतहट ।
कृषिविभाग, हरिहर भवन, ललितपुर तथा बीमा समिति, कुपण्डोल, ललितपुरको सहयोगमाप्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना, परियोजनाकार्यान्वयनएकाई, गरुडा, रौतहटले मिति २०७७÷१२÷०६ गते देखि २०७७÷१२÷०८ गतेसम्मआयोजना गरेको “३ दिने बीमा सहजकर्ता श्रोत व्यक्तिविकास तालिम” सम्पन्नभएकोे छ । रौतहट जिल्लाको १८ वटै स्थानियतहअन्तर्गतको कृषि÷पशु विकास शाखाकाकर्मचारीहरु एवं परियोजनाको कार्य क्षेत्र भित्रका वडाहरुमा स्थायीबसोबास गर्ने कृषिप्राविधिकहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्ततालिममाकुल ५६ जना कृषिप्राविधिकहरु सहभागिभएकाथिए । दुई फरक–फरक स्थानमा सञ्चालित३ दिने तालिममाप्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना, परियोजनाकार्यान्वयनएकाई, पर्साका बरिष्ठ कृषिअधिकृत श्री रोशनअधिकारी एवं सोहीएकाईका कृषिअधिकृत श्री पुरुषोत्तम रौनियार सहजीकरण गर्नु भएको थियो भने बीमा समितिको तर्फबाट श्री सुनिताथापा मगर, सहायकनिर्देशकज्यूले सहजीकरण गर्नु भएको थियो । तालिमको सम्बन्धमा सहभागिहरुले दिएको प्रतिक्रियाअनुसार तालिमनिकै नै प्रभावकारी रहेको बताएकाथिए । बालीतथा पशुपन्छी बीमाले किसानहरुको जोखिमन्यूनीकरणमा सकारात्मक योगदान पु¥याउने भएको र बीमा सहजकर्ता श्रोत व्यक्तिविकास तालिमले स्थानिय स्तरमा बीमाअभिकर्ताहरु तयार भई किसानहरुलाई दिइने सेवामापनिउल्लेखनिय योगदानपुग्ने विश्वास परियोजनाकार्यान्वयनएकाई, रौतहटको निमित्त बरिष्ठ कृषिअधिकृत श्री दिपेन्द्र मनोहर चौधरीको रहेको छ ।