चैत्र १० गते।
कुनै पनि बच्चालाई बाल्यकालमै ?पिया“ पैसा वा अन्य कुनै जिन्सी लोभ लालचमा पारी कुनै पनि किसिमको काम गर्न लगाउनु बालश्रम हो । त्यसैले बालश्रम भनेको कुनै पनि बालबालिकाबाट बाल्यकालकै अवस्थामा गरिएकोे काम वा क्रियाकलाप जसको बदलामा उसलाई आर्थिक वा जिन्सी ?पमा भुक्तानी गरिन्छ । बालश्रम नेपालको साथै संसारका सबै मुलुकमा गैरकानुनी हो, अपराध हो । बालश्रम एउटा अभिशाप हो, जसबाट नेपाल पनि अच्छुतो छैन् । विश्व बाल संगठनदेखि नेपाल सरकारको प्रशासनबाट भएको अनेक प्रयासको बावजुद पनि यसलाई निर्मूल पार्न सकिएको छैन् । बालश्रम गर्न लगाउनु एकदम निन्दनीय कार्य हो । बालश्रम मुक्त पार्नु हाम्रो समाजको लागि यो एउटा ठूलो चुनौती पनि हो ।
नेपालमा प्रचलित बालबालिका सम्बन्धी ऐन २०७५ परिच्छेद –१ को धारा २ (ञ) बमोजिम “बालबालिका” भन्नाले अठार वर्ष उमेर नपुगेको व्यक्ति सम्झनु पर्छ भनेको छ । यस कानुनको अर्थ हो अठार वर्षमुनिका बालक वा बालिकालाई काममा नलगाउनु । यसको बावजुद पनि यसको प्रयोग हाम्रो समाजमा भएको हामी सजिलै हेर्न पाई राखेका छौं । जुन बेला कुनै बालक वा बालिकालाई उसको आमा–बुबा वा घरपरिवारबाट टाढा राखेर उसको परिवारको अभिभावकको अनुमतिमा वा बेगर अनुमतिमा कुनै काम गर्न लगाइन्छ भने त्यो कानुन बमोजिम बालश्रमका अपराधी हुन् ।
समान्य अर्थमा बुझ्दा अठार वर्षभन्दा कम उमेरका व्यक्तिलाई उसको आनो बालापन, खेलकुद, शिक्षा, मनोरञ्जन आदिबाट बञ्चित गरेर काममा लगाई शारीरिक, मानसिक र सामाजिक ?पले कर गरेर थोरै ?पिया“ पैसा दिएर उसको बालपनलाई श्रमिकमा परिनत गर्नु नै बालश्रम हो । आजको यो एकाइसौं शताब्दी आधुनिक समयमा पनि हाम्रो देशमा बालश्रम चारैतिर हेर्न पाईन्छ । चाहे त्यो शहरमा होस् या गाउ“, चाहे त्यो होटेलमा होस् वा ठूलो बडाको घरमा नै किन नहोस्, चाहे त्यो भारी बोक्ने ईट्टा भट्टामा वा गिट्टी कुटनेमा नै किन नहोस् । सरकारबाट चलाइएका जुनसुकै कदम किन नहोस्, यो उन्नमुलन भएको छैन् । यसको मुल जरा हो यो देश नेपालको धेरै जनसंख्या गरिबीको रेखामुनि हुनु हो । यस्ता पनि परिवारह? छन् जसको जीवनको अधारभूत आवश्यक्ता गा“स, बा“स र कपासको पनि उचित व्यवस्थापन हुन सकेको छैन् । पेट भर खाना खानु पनि उसको सपनाजस्तो लाग्छ ।
गरिबीबाट पिल्सिएका आमा–बुबा आना बालबच्चालाई घरघरमा र पसल तथा अन्य ठाउ“मा काम गर्नका लागि पठाउंछन् । धेरै जसो बाल बालिकामा यो निर्णयले उसको शारीरिक र मानसिक अवस्था नै अस्त–व्यस्त बनाई दिन्छ । यस्तो निर्णय लिनु उसको उद्देश्य परिवारको आवश्यकता टार्नलाई लिएको हो । होटेलवाला वा सानो व्यापारीले उसबाट काम व्यस्क व्यक्तिको सरह गराउ“छ तर पैसा बच्चा भनेर आधी मात्र दिन्छ । व्यापारमा उत्पादन लागत थोरै लाग्ने कारणले पनि बालबालिकाको जीवन नराम्रो बनाई दिन्छ ।
बच्चाह? बिना कुनै लोभ लालचकै मन लगाएर काम गरि दिन्छन् । हाम्रो देशमा आजको आधुनिक विकास जति नै भए पनि, स्कूल कालेज खुले पनि बालबालिका आनो मौलिक अधिकारबाट बंचित गरिएको हामी पाउ“छौं । अहिले नेपाल सरकारको शिक्षामा जति नै लगानी भए पनि बालबालिका विद्यालय बाहिर रहि नै रहेको छ । आजकाल हाम्रो देशमा जति पनि सरकारी वा गैरसरकारी संघ संस्थाले बालश्रम रोक्नको लागि प्रयासह? गरे पनि त्यसको फल भने लगानीको प्रतिफल अनु?प हुन सकेको छैन् । यसको ठूलो कारण सम्बन्धित निकायबाट उक्त संघ संस्थाको नियमन नहुनु हो । यस क्षेत्रमा काम गर्ने धेरै गैरसरकारी संघ स्ंस्थाह?ले आनो कार्यालयमा बसी बसी प्रगति प्रतिवेदन माथिल्लो निकायमा पुर्याउने र माथिबाट पनि भारा टारेको जस्तो अनुगमन गर्ने रहेको देखिन्छ ।
कतिपय परिवारमा बालबालिका पढाईबाट बंचित हुन्छन् जसबाट ऊ बालश्रम गर्न बाध्य हुन्छ तर यसबाट कसैको पनि भलो भएको पाइदैन् । धेरै जसो परिवारमा परम्परा र रीतिरिवाजको नाममा सजिलै बालश्रम गर्न दिइन्छ । यस्तो परिवारह?को मान्यता हुन्छ कि उसको जीवनमा राम्रो जीउने लेखेकै छैन् । सदियौंदेखि बाल्यकालमै मजदुरी गर्ने परम्परा चलिआएको छ । त्यो नै जीवन जिउने श्रोत हो । धेरै जस्तो परिवार यस्तो पनि सोच्दछ कि सानै उमेरदेखि काम गर्न थाल्यो भने भविष्यमा कुशल र मेहनती होइन्छ ।
बालश्रमले बालकको निजी विकासको जन्म दिन्छ, जसले भोलिको जीवन सजिलो बनाई दिन्छ । हाम्रो समाजमा केटी केटाभन्दा कमजोर हुन्छ, त्यसैले उसको तुलना केटासित गर्नु हुदैन् । जसबाट केटीलाई अधिकारबाट बंचित हुन्छे । जबकि यो कुरो सत्य होइन् । केटी केटाभन्दा हरेक कुरामा अधिक सहनशील र क्षमतावान छन् ।
बालश्रमबाट क्षणिक ?पमा आम्दानी भएको जस्तो देखिने कारणले पनि धेरै किसिमको हानि हुन्छ । यसको परिणाम बालबालिका अशिक्षित रहन जान्छन् । जसले गर्दा देशको भोलीको भविष्य नै अंध्यारो पर्न गइरहेको छ । जसले गर्दा देशमा अझ बढी बेरोजगारी, अशिक्षा र गरिबी बढेर जान्छ । यस्तो अवस्थाले देशको चौतर्फी घाटा झेल्नु पर्ने हुन्छ । जुन उमेरमा बालबालिकालाई सही शिक्षा हासिल गर्नु पर्ने, खेलकुदको माध्यमबाट आफ्नो मस्तिष्कको विकास हुने उमेरमा मजदुरी गर्न लगाएमा बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकास रोकिन्छ । बालबालिकाको लागि शिक्षा पाउनु उसको मूल अधिकार हो । बाल बालिकालाई शिक्षाबाट बंचित राख्नु कानुनी अपराध मानिन्छ ।
बच्चालाई कारखानाको काममा लगाउनु सुरक्षित हुदैन । गरिबीका कारणले अलिकति पैसाको लागि आफ्नो जीवन जोखिममा राखेर कहिले निको नहुने रोगका शिकार हुन पुग्छ । यदि कुनै बच्चा गरिबी या विवशताले परिश्रम गर्छ भने उसलाई उचित पारिश्रमिक नदिई विभिन्न प्रकारबाट शोषण गरिन्छ जुन जघन्य अपराध हो ।
बालश्रम रोक्नको लागि सबभन्दा पहिले हामी आफ्नो घर, पसल, कार्यालय, उद्योग आदिमा कानुन बमोजिम अठार वर्षमुनिका बालबालिकालाई काममा नलगाउने दृढ संकल्प लिएर यसलाई अभियानको ?पमा लिनु पर्दछ । हामी बालबालिकालाई बालश्रमको मुल्य दिनु भनेको उसलाई कुनै उपकार नगरी उल्टै उसको भविष्यसंग खेल्वाड गर्छौ भने बुझनु ज?री छ । यदि तपाईको नजरमा कतै बालश्रम भएको छ भने तुू?न्त नजिकैको प्रहरीमा साक्ष्य सूचना दिइएर पीडकलाई कानुनको दायरामा ल्याई दण्डसहित करवाई गर्दा अ? पनि बालश्रम गर्न लगाउनबाट डराउछ । आम जनमानसमा पनि बालश्रम अपराध हो । यसलाई सबै मिलेर रोक्नु पर्छ । हामीले बालश्रमबाट निर्मित सरसामानह? प्रयोगमा बन्देज लगाएर पनि यसलाई रोक्ने कदम चाल्न सक्छौं । हामी सबैले आ–आफ्नो स्तरबाट गरिब अभिभावकलाई उनको बालबालिकाको लागि नेपाल सरकारले निःशुल्क शिक्षा दिइरहेको छ । यहा“सम्म कि सबै सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्मका कलिला बालबालिकाको लागि विद्यालयमै दैनिक दिवा खाजाको समेत व्यवस्थ गर्ने भएकोले अबका दिनमा कुनै पनि बालबालिका शिक्षाबाट बंचित राखिनु हुदैन् ।
बालश्रम उनमूलन गर्नु केवल सरकारको मात्रै कर्तव्य नभएर हाम्रो पनि उतिकै जिम्मेवारी हो । हामीले सरकार र गैरसरकारी संघ–संस्थाका साथ कांधमा कांध मिलाएर बालश्रम वि?द्ध दबाबमूलक कार्यक्रम गरेर भए पनि यसलाई रोकेर बालश्रम मुक्त समाज बनाइनु पर्दछ, अनि मात्र हाम्रो देशको सही माइनेमा विकास भएको हामी अनुभूति गर्ने छौं । जसबाट हाम्रो देशको भविष्य उज्ज्वल हुने छ ।