चैत्र १८ गते ।
अहिलेको समयलाई २१औं शताब्दी मानिन्छ । ईस्वी सन्को सुरुआत भएपछिको समयको गणनाको यस समय अर्थात युगलाई २१औँ शताब्दीको युग, प्रविधिको युग, ज्ञान–विज्ञानको युग, आधुनिक युग, अत्याधुनिक युगजस्ता विभिन्न नामले चिनिने गरिएको छ । हरेक क्षेत्रमा प्रविधिको विकासको प्रभाव परेको र प्रविधिले सबै क्षेत्रलाई प्रभावित पारेको मात्र नभई प्रविधिबिना प्रतिस्पर्धा नै असम्भव भइसकेको वर्तमान युगलाई प्रविधिको युगभन्नु युक्तिसंगत नै देखिन्छ । आजयको युगमा प्रविधिको विकासले हरेक असम्भव कुरो सम्भव बन्दै गएको र कामलाई छिटोछरितो बनाउन महत्वपूृर्ण भूमिका खेलिरहेको रहेको कुरो हामी कसैले पनि नकार्न सक्दैनौँ । आज हामी घरमै बसेर संसार हेर्न पाउनु, टाढा रहेका आफन्तसित भालाकुसारी गरेर मनलाई सन्तुष्टि प्रदान गर्नु, संसारका कुनै पनि कुरोबारे इन्टरनेटको माध्यमले जानकारी पाउनु यी सबै प्रविधिकै विकासले गर्दा सम्भव भएको हो । घण्टाँै लाएर पुग्ने ठाउँलाई प्रविधिले छोटो छरितो बनाइदिएर मिनटौँमा पुग्ने बनाइदिएको छ । प्रविधिको प्रयोग गर्न जान्नेहरुका लागि संसार मुट्ठीमा छ । केही समयमै यस्ता दिनहरु पनि हाम्रो सामु आउँदै छन् जब प्रविधिको प्रयोग गर्न नजान्नेका लागि कुनै काम वा ठाउँ हँुुदैन अर्थात प्रविधि हाम्रो अभिन्न अङ्घ हुने छ । आज पनि हामी प्रविधिलाई आफ्नो अभिन्न अङ्घकै रुपमा प्रयोग गर्दै आइरहेका छाँै भोलिका दिनमा अझ भार थपिने मात्र भनिएको हो ।
रौतहटको कटहरिया निवासी एकजना महिला भन्छिन्– छोरोसित भिडियो कलमा मात्र कुरो हुँदा देख्न पाइन्छ नत्र त अब अनुहारै बिर्सिने हो कि जस्तो भैसक्यो । बाहिर अध्ययनको लागि गएको छ । चार –पाँच वर्ष भैसक्यो । सुन्दा त एक छिन आफ्नो जीउ पनि जिरिङ्घै भएर आयो तर के गर्ने पहिला त प्रविधिको यतिका विकास नभएको अवस्थामा त आमाबुवा र छोराछोरी र आफन्तसितको भेटघाट दैवले जुराइदिएको खण्डमा मात्र हुने गथ्र्यो । कम्तिमा प्रविधिले आफन्तसितको भेटघाटलाई यतिको पनि सहज त बनाएको छ ।
यसै गरी रौतहटकै औरैया बस्ने दिलिप साह भन्छन् – अहिले त मोबाइल भएर एक्लै हुँदाा पनि एक्लै भएजस्तो हुँदैन, एक्लै बोर भएको उति साह्रो थाहा पनि हुँदैन किनकि सबै कुरो मोबाइलमै छ । सजिलै समय बितिहाल्छ । कतिपय यस्ता मान्छेहरु पनि छन् जो घरपरिवारभन्दा पनि मोबाइल, कम्प्युटर, नेटलाई बढी समय दिएको देखिन्छ अर्थात प्रविधिको नजिक र आफन्तसित टाढिएको पाइरहेका छौँ । कुरा गर्नुपर्दा मोबाइल, अनुहार हेरेर कुरा गर्नुपर्दा भिडियो कल र केही लेखेर सन्देश आदानप्रदान गर्नुपर्दा भने एसएमएस वा म्यासेन्जर । कति सजिलो बनाइदियो जीवनलाई प्रविधिले । वास्तवमा जो प्रविधिमा कमजोर छ वा प्रविधिसित आफूलाई परिचित गराउनदेखि अछुतो राखेको छ, ऊ निकै पछाडि छ । फेरि यो पनि देखिएको छ कि प्रविधिमा सम्पूर्ण जान्ने सायदै कोही होलान् । यसमा जान्नुपर्ने यति धेरै कुराहरु छन् कि यो अनन्त छ ।
यसका अनेकन फाइदाहरु तर यसका वेफाइदाहरु पनि कम छैन् । जबदेखि सन्देश आदानप्रदान गर्न माध्यमका रुपमा हामी मोबाइलमा एसएमएस तथा म्यासेन्जरलाई अत्यधिक प्रयोग गर्न थाल्यौँ तबदेखि विस्तारै हामीमा चिठी पत्र लेख्ने बानी हराउँदै गएको छ । अब त किताबमा मात्र चिठी पढ्ने, खाम देख्न पाउने र चिठीका लागि चाहिने टिकट पनि हुदोरहेछ र चिठी हुलाक मार्फत एक ठाउँबाट अर्को ठाउँमा पु¥याइने रहेछ भनी बालबालिकाले जान्न पाइरहेका छन् । चिठी आदानप्रदानको युग झन्डै हराइसक्यो । एउटा युग थियो जब मानिस पत्रमित्रता गर्दथे र दैनिक कैयौँ पत्रहरु लेख्दथे तर आजभोलि फेसबुकमा मित्रता बढाउने चलन बढेको छ र चिठी हराइसक्यो ।
हाम्रो संस्कृतिसित सम्बन्धित कुराहरु ढिंकी, जाँतो हराएको र त्यसको ठाउँ आधुनिक प्रविधिले ओगटेको कुरो हामीले देखिरहेका छौँ । गाउँघरमा बिहे हुँदा, पूजाआजा हुँदा ढिकी जाँतोको विशेष महत्व हुने गथ्र्यो । पूजामा प्रयोग गरिने प्रसादहरु प्रायः हातले नै ढिकी, जाँतोको सहायताले तयार पारिन्थ्यो । गोविन्द बाबा, शोखाको पूजा आदिमा त अहिले पनि जहाँबाट होओस् पूजामा यी सामग्रीहरुको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने भएकाले प्रायः पूजा लाउने पुजारीले व्यवस्था मिलाउने प्रयास गरेको हुन्छ । अहिले हरेक कुरोमा आधुनिकता छ र हाम्रो आफ्नोपन हराउँदै गएको अवस्था छ । भोलिका दिनमा यस्तो पनि नहोस् कि हामीले चित्रबाट आफ्ना नानीबाबुहरुलाई ल यो ढिकी र यो जातो हो बुभm्यौ भनेर सोध्ने वा बुझाउने अवस्था नआओस् । त्यस्तै अर्को महत्वपूर्ण देखिएको कुरो हिजोआज गाउँघरमा चापाकल, धारा भएपछि मान्छेले इनार र्बििर्सदै गएका छन् । गाउँघरतिर इनारको आफ्नै महत्व रहेको थियो । विशेष गरी पूजाआजा र बिहे, ब्रतबन्धमा यसको विशेष महत्व हुने भएकाले हिजोआज यो एउटा समस्याको रुपमा रहेको देखिन्छ । मान्छेले जमिनमै अलिकति खनेर खाल्डो बनाउने र त्यही खाल्डामा पानी हालेर इनार मानी पूजाआजा गर्ने गर्दछन् । यी यस्ता धेरै कुराहरु छन् जसले हाम्रो संस्कृतिलाई अगाडि बढाउन सहयोग गर्छन् तर हिजोआज यी कुराहरु लोप हुने भएकाले हाम्रो संस्कृतिमै पनि यसले असर पार्ने कुराहरु धेरै हुन सक्छन् । प्रविधिको विकासले गर्दा हाम्रा पुर्खाहरुको पालामा प्रयोगमा रहेका यस्ता कतिपय सामानहरु लोप भैसकेका छन् र कतिपय सामानहरु लोप हुने अवस्थामा पुगेको देखिन्छ । हाम्रो जीवनशैली र हाम्रा नानीबाबुको जीवनशैलीमा धेरै फरक आइसकेको छ । यी फरकपन ल्याउनमा यस्तै–यस्तै विभिन्न तत्वहरुको भूमिका रहेको पनि हामी देखिरहेका छौं । समयसँग हामी पनि हिड्न सक्नु पर्छ तर राम्रो कुरा केही छ भने त्यसको प्रोत्साहन पनि गर्नु आवश्यक छ । यसले जाति, समुदाय र राष्टकै पहिचान कायम गर्ने हुँदा यसको संरक्षणमा समेत ध्यान पु–याउन आवश्यक छ । हिजोआज प्रविधिको प्रयोग राम्रो काममा कम र नराम्रो काममा बढी भएको देखिन्छ । विशेष गरी नयाँ पुस्ताकाहरुमा यसको गलत प्रयोग भएको देख्न सकिन्छ । यसबाट केटाकेटीहरुमा खराब संगतमा लाग्ने सम्भावना बढेको छ । हरेक कुराको राम्रो र नराम्रो पक्ष हुन्छ । हामी नराम्रो पक्षलाई छाड्दै राम्रो पक्षको समर्थन गरी अगाडि बढ्नु पर्छ । मानिसको लागि उसको घरपरिवार, उसको समाज सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले हाम्रो समाजलाई सुहाउने र आफूलाई सुहाउने काम कुरोलाई बढी महत्व दिनुपर्दछ । प्रविधिलाई पनि अँगाल्नुपर्छ तर अहिले जुन रुपमा विकृतिहरु बढ्दै गएको छ त्यसबाट पनि हामीलाई बँच्न आवश्यक छ । प्रविधिलाई जीवनको अभिन्न अङ्घ बनाइनु हुदँैन भन्ने होइन, प्रविधिको प्रयोग कम गर्नुपर्छ भन्ने पनि होइन । कामको सन्दर्भमा हामीले यसको प्रयोग वा सहयोग लिऊँ, समयअनुसार लिनैपर्दछ तर पनि केही समय हामी आफ्नो लागि र आफ्नो परिवार, आफन्त र समाजको लागि पनि छुट्याउन आवश्यक देखिन्छ ।
र, यदि यस किसिमको सकारात्मक विचारले प्रविधिको प्रयोग गर्दछौँ भने हाम्रो समाजमा लोप भइरहेका तथा भइसकेका कतिपय साधन वा सामग्रीको उत्थानको लागि पनि पहल गर्नुपर्दछ । हामीले देख्दादेख्दै हाम्रा कतिपय ग्रामीण प्रविधिहरु लोप भइसके, हराइसके । जसलाई हामीले आगामी पुस्ताका लागि संरक्षण गर्न सकेनौँ, त्यो त लोप नै भइसक्यो र कतिपय लोप भइसकेका प्रविधि यस्ता पनि छन् जो फेरि पनि फर्केर आउला कि नआउला । कुनै समयमा हाम्रो समाजमा यस्तो प्रविधि थियो भनेर कथावाचन गरेजस्तो भन्दा पनि नपत्याउने पुस्ता तयार हुँदैछ । यस सन्दर्भमा नयाँ प्रविधिलाई स्वीकार गर्दै पुराना वा परम्परागत प्रविधिलाई पनि सम्मान गर्नु आवश्यक देखिन्छ ।