धर्मेन्द्र यादव। महोत्तरी। चैत्र १८ गते।
महोत्तरी जिल्लाको धरमपुर गाउमा घाँस काट्न गएका ७ जना बालिका हिजो दिउँसोबाट बेपता भएकी
थिइन् । ति बालिकाहरु आज बिहान सीतामढी रेल्वे स्टेसनबाट सकुसल फेला परेकी छन् । उनिहरुलाई भारतीय प्रहरीले सो रेल्वे स्टेसनबाट फेला पारी नेपाल पठाउन तयारी भईरहेको श्रोतले बताएका छन् ।
उनीहरुको साथ अरुकोहि नरहेकोले कसैले बेच्न लैजाँदै गरेको भन्न नसिकने सीतामढी प्रहरीले बताएका छन् । उनीहरुलाई भेरीफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई सुम्पने काम भइरहेको बताईएको छ । उनीहरुलाई सीतामढीबाट घर ल्याउन लागेको भंगहाका मेयर संजिव साहले बताए । ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हिजो दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।