चैत २६ गते
साक्षरताको तथ्याङ्कमा हाम्रो रौतहट अन्तिमबाट प्रथम स्थानमा छ अहिलेकोअवस्थामा ७५ जिल्ला हुँदा ७५ औँ स्थानमा र ७७ औँ जिल्ला हुँदा ७७ औँस्थानमा रहेको देखिन्छ । आशा गरौँ अबको तथ्याङ्कले हाम्रो अवस्था सुधारभएको जानकारी देओस ।
शिक्षाको यो अवस्था कुनै एक पक्षका कारण मात्र भएको होइन् । यसका लागि धेरै पक्ष जिम्मेवार छन । जसमा महत्वपूर्ण पक्षहो मातृभाषा ।
आफ्नै विद्यार्थी जीवन फर्केर हेर्छु । हामीलाई सबैभन्दा सजिलो नेपाली विषय । कक्षाकोठामा जुनसुकै विषयका शिक्षकअनुपस्थित भएको समयमा पनि हामी नेपाली किताब निकालेर जोडजोडले कविता गाउँथ्यौँ । कथा , निबन्ध , जीवनी पढ्थ्यौँ । नयाँकिताब पाएकै दिन किताबमा भएका जति कथा , कविता पढेर सक्थ्यौँ । अझ आफ्ना किताब सकेर माथिल्लो कक्षाका दाजु दिदीकाकिताबमा पनि खोजी खोजी कथा , कविता , निबन्ध, जिवनी , चिठी पढ्थ्यौँ । विद्यार्थी जीवनमा हाम्रालागि सबैभन्दा सजिलो विषयनेपाली थियो । सबैभन्दा रमाइलो विषय पनि नेपाली । परीक्षामा सबै पास हुने विषय पनि नेपाली । नेपाली राम्रोसँग पढ्न जानेकाकारण अंग्रेजी बाहेक अरु विषय राम्रोसँग बुझ्थ्यौँ कारण हाम्रो पहिलोभाषा या मातृभाषा नेपाली थियो ।
मध्य तराईको सरकारी विद्यालयमा नेपाली शिक्षकको रुपमा अध्यापनरत मेरो अहिलेको अनुभव भने ठ्याक्कैविपरित छ । मेरा विद्यार्थीहरुका लागि नेपाली विषय सहज लाग्दैन । उनीहरुलाई नेपाली रमाइलो चाखलाग्दो विषय हो भन्ने बनाउनअथक कोसिस गर्नुपर्छ । स्वस्फूर्त नेपाली विषय पढ्ने , नेपालीमा बोल्ने र कुराकानी गर्ने थोरै विद्यार्थी मात्र भेट्छु । सरकारी विद्यालयअझ नेपाली माध्यमबाट पढाई हुने विद्यालयमा नेपाली विषयमानै अनुत्तीर्ण हुने विद्यार्थी संख्या देखेर चिन्तित हुन्छु ।
नेपाली नजान्नु भनेको या नेपाली विषयप्रति उदासीन हुनु भनेको एउटा नेपाली विषयमा मात्र कमजोर हुनु होइन । अंग्रेजी बाहेकसबै विषय नेपाली माध्यममा पढाइ भैरहेको अवस्थामा नेपाली विषयमा नै कमजोर हुनु भनेको अरु सबै विषयको सिकाइ उपलब्धिपनि खस्कनु हो । यो अवस्थाका विविध कारणहरु मध्य प्रमुख कारण हो मातृभाषा ।
मातृभाषा भन्नाले बालबालिकाले आमाको काखबाटै सिकेको भाषा भन्ने बुझिन्छ । बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका९२०६६० मा मातृभाषा भन्नाले बालबालिकाले आफ्नो घर परिवारमा बोल्ने पहिलो भाषा भनी उल्लेख गरिएको छ । समग्रमा मातृभाषाभन्नाले पहिलो भाषा भनेर भन्न सकिन्छ । जुन भाषा बालबलिकाले सबैभन्दा बढी जान्नुका साथै सबभन्दा बढी प्रयोग गर्न सक्दछन त्योप्राथमिक भाषा नै मातृभाषा हो ।
रौतहटका अधिकांश बालबालिकाको पहिलो भाषा बज्जिका भाषा हो । नेपाली मातृभाषा भएका विद्यार्थीको संख्या न्यून छ । यहाँको विद्यालयको भाषिक वातावरण र बालबालिकाको सामाजिक भाषिक वातावरणबीच बेमेल देखिन्छ । जसका कारण विद्यार्थी रविद्यालय बीचको दुरी कम हुन सकेको छैन । विशेष गरी प्रारम्भिक कक्षाहरुमा भाषाकै कारण विद्यार्थीले विद्यालयमा अपनत्व महसुस गर्न सकेका छैनन । पठनपाठन कृयाकलापमा सकृय सहभागिता जनाउन सकेका छैनन । भाषाकै कारण विद्यार्थीको सिकाइ उपल्ब्धीन्यून छ । माथिल्लो कक्षा चढे पनि विद्यार्थीको सिकाइस्तर भने दयनीय अवस्थामा छ । भाषाकै कारण विविध समस्या देखिएका छन।
नेपाल सरकारको अपेक्षा अनुसार कक्षा १ पास गरेका विद्यार्थीले १ मिनेट भित्र कम्तिमा २५ मिनेट शब्द शुद्धसँग उच्चारण गर्नसक्नुपर्ने , कक्षा २ पास गरेका विद्यार्थीले १ मिनेट भित्र ३५ र कक्षा ३ पास गरेका विद्यार्थीले १ मिनेट भित्र कम्तिमा ४५ शब्द शुद्धसँगउच्चारण गर्न सक्ने हुनुपर्ने छ । वल्ड एजुकेसनद्वारा रौतहटका कटहरिया, मौलापुर, बौधीमाई, राजपुर नगरपालिकाका ८ वटाविद्यालयका विद्यार्थीमा प्रारम्भिक कक्षा पढाइ मूल्याङ्कन भ्न्च्ब् गरिएको थियो । सर्वेक्षण अनुसार मात्र २ड्ड६ प्रतिशत विद्यार्थी मात्र सक्षम भएका छन । यो आफैमा चिन्ताजनक अवस्था हो ।
यो अवस्था सुधार गर्नका लागि पनि मातृभाषा माध्यममा शिक्षण सहयोगी हुने छ ।ु मातृभाषा माध्यममा शिक्षा’ र ‘मातृभाषाकोशिक्षा’ ु झट्ट सुन्दा उस्तै लागेपनि तसमा धेरै भिन्नता छ । मातृभाषाको शिक्षा मातृभाषा विषय्वस्तुका रुपमा शिक्षण गर्नु हो भनेमातृभाषा माध्यममा शिक्षा भन्नाले शिक्षाको माध्यम भाषा मातृभाषा हो भन्ने बुझ्नुपर्छ । मातृभाषामा शिक्षाले अपेक्षा गरेको न्यूनतमसर्त यही हो कि बालबालिकाले सहज रूपमा प्रयोग गर्ने भाषाको माध्यमबाट आधारभूत शिक्षा प्राप्त गर्दै माध्यम भाषाबाट लक्ष्यभाषामा स्थानान्तरित हुँदै जान सकून ।
अहिले हाम्रा विद्यालयमा नेपाली भाषा शिक्षणमा दुई खालको अभ्यास भैरहेको देखिन्छ । पहिलो अभ्यास हो शिक्षकलेनेपाली भाषामा मात्र पढाउने जसमा मातृभाषा माध्यमको रुपमा प्रयोग भैरहेको पाइँदैन । मातृभाषा छुटिरहेको छ । मातृभाषाको प्रयोगनभएको कारण विद्यार्थीलाई विद्यालयको भाषिक वातावरण असहज भैरहेको छ । सिकाइमा सक्रिय रुपमा विद्यार्थी सहभागी हुनसकिरहेका छैनन । भाषाकै कारण विद्यार्थीमा प्रारम्भिक कक्षामै पढाई प्रति वितृष्णा बढेको छ । पढ्ने अप्ठ्यारो काम हो भन्ने लागेकोछ । विद्यार्थीहरुलाई एकैपटक मातृभाषा चटक्क छाडेर जबरजस्ती नेपाली भाषालाई समात्न लगाइएको छ । जसमा धेरै विद्यार्थीहरु असफल भैरहेका छन । उनीहरुको सिकाइ प्रारम्भिक कक्षामै छुटिरहेको छ ।
अर्को अभ्यास हो नेपाली भाषालाई पनि मातृभाषामा मात्र पढाउने । यो शिक्षण सिकाइ कृयाकलापमा केवल मातृभाषाको प्रयोगभैरहेको पाइन्छ । यो अभ्यासमा कक्षाकोठा शिक्षक केन्दृत विधीद्वारा संन्चालित देखिन्छ । शिक्षकले नेपालीमा पढ्ने र विद्यार्थीलाईआफ्नो मातृभाषामा सम्झाउने गरिएको पाइन्छ । यो खालको अभ्यासले विद्यार्थीहरु झन मातृभाषामै मात्र अल्झेका छन । नेपालीभाषाको प्रयोग शुन्य अवस्थामा छ । यो विधी मार्फत मातृभाषा शिक्षण उपयुक्त भएपनि मातृभाषा माध्यममा शिक्षण चाहीँ हुन सकेकोछैन । यही अभ्यासका कारण नेपाली भाषामा विद्यार्थीहरुको पहुँच नै पुग्न सकेको छैन । यस्तो अवस्थामा विद्यार्थीको नेपाली भाषासुदृढ हुने कुरै भएन ।
नेपाली भाषा दोस्रो भाषाको रुपमा शिक्षण गर्नु आफैमा चुनौतिमूलक कुरा हो । कतिपय अवस्थामा एउटै कक्षाकोठामापनि फरक फरक मातृभाषा भएका विद्यार्थीहरु हुन्छ्न यो अवस्था मा द्विभाषी र बहुभाषी माध्यम भाषाको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । योअवस्था अझै चुनौतीपूर्ण हुन्छ । रौतहटको परिप्रेक्ष्यमा भने अधिकांश विद्यालयमा एक मात्र मातृभाषा बज्जिकाको प्रभाव ज्यादादेखिन्छ । यसकारण हाम्रो जिल्लामा अन्य स्थानमा भन्दा सहज भने अवश्य छ ।
मातृभाषा माध्यममा शिक्षामा मातृभाषाको मौखिक माध्यमको प्रयोग गरिन्छ । नेपाली भाषामा लेखिएका विषयवस्तुलाईशिक्षणसिकाइ गर्न मातृभाषाको मौखिक स्वरुपको प्रयोग गरिन्छ । मातृभाषालाई माध्यमका रुपमा कम्तीमा पनि सुरुवाती कक्षा देखिकक्षा तीनसम्म प्रयोग गर्न जरुरी छ ।
मातृभाषा माध्यममा शिक्षामा शिक्षकको मात्र भूमिका हुँदैन । विद्यालय, मातृभाषी समुदाय लगायत विद्यालयसँग सम्बन्धित सबैपक्षको उत्तिकै जिम्मेवारी रहेको हुन्छ ।
शिक्षण सिकाइसँग सम्बन्धित हुन्छ । सिकाइलाई प्रत्यक्ष प्रभाव भाषाले पार्छ । जबसम्म भाषामा बोधगम्यता हुँदैन तबसम्मसिकाइ सार्थक हुँदैन । दोस्रो भाषाका रुपमा नेपाली भाषा शिक्षण गर्दा होस या अन्य कुनै भाषा शिक्षण गर्दा मातृभाषालाई माध्यमबनाएर जान जरुरी छ ।
प्रारम्भिक कक्षामा मातृभाषाको माध्यमबाट शिक्षण गर्न सके विद्यार्थीहरुलाई सिकाइप्रति रुचि जगाउन अवश्य सकिने छ । सुरुवातीकक्षा जस्तै कक्षा एकमा कक्षाकोठाको भाषिक वातावरण मातृभाषामय बनाएर मातृभाषालाई निर्देशनका रुपमा प्रयोग गर्ने गर्न सकिन्छ। कक्षा दुईमा पुग्दा मातृभाषा र नेपाली भाषाको प्रयोग बराबरीका रुपमा गर्न सकिन्छ र कक्षा तीनमा पुग्दा नेपाली भाषाको प्रयोगज्यादा र मातृभाषाको प्रयोग कम गर्दै लैजान सकिन्छ । क्रमश माथिल्ला कक्षाहरुमा विद्यार्थीको आवश्यकता हेरेर मातृभाषा लाईमाध्यमको रुपमा प्रयोग गर्न सकिन्छ ।
यसरी प्रारम्भिक कक्षामै मातृभाषालाई माध्यमका रुपमा प्रयोग गर्दै नेपाली वा अन्य लक्ष्य भाषामा पुग्न सके मात्र दोसो भाषाको सिकाइ सार्थक हुन सक्छ । केही हदसम्म हाम्रो जिल्लाको शैक्षिक अवस्था सुधार हुन सक्नेछ । नेपाली भाषालाई दोस्रो भाषाकारुपमा प्रयोग बालबालिकाहरुको शिक्षण सिकाइ सरल सहज हुनुका साथै सिकाइ उपलब्धि को स्तर वृद्धि गर्न सकिनेछ । साथसाथैअपेक्षित लक्ष्य हासिल गर्ने मार्गमा अग्रसर हुनेछौँ ।