चैत्र २७ गते
शास्त्रहरुले गुरुलाई ब्रह्मा, विष्णु र महेशसित तुलना गरेका छन् । साथै गुरुलाई माता र पितापछि तेस्रो स्थान पनि दिइएको छ । कुनै पनि समाजमा गुरुलाई सबैभन्दा पहिले पूजा गर्नुको कारण पनि यही नै हो । गुरुले सबैथोक अर्पण आफ्ना शिष्यलाई गर्दछन् । यसैकारण सबै क्षेत्रमा गुरु पुज्य छन् र सबै युगमा गुरुको स्थान र महिमा माथि मानिएको छ ।
अहिले पनि हाम्रो जीवनको आधार पनि गुरु नै हुन् भनेर मानिन्छ । पहिला–पहिला शिक्षा आर्जन गर्न बिधार्थीहरुलाई आश्रममा बसेर गुरुको सेवा गरी शिक्षा प्राप्त गर्नु पथ्र्यो । अहिलेको जस्तो सजिलो थिएन शिक्षा आर्जन गर्ने काम । गुरुहरु कठिन तपस्याबाट ज्ञान प्राप्त गर्ने र शिष्यहरु गुरुको निगरानीमा कुटीमै बसेर शिक्षा लिनु पर्ने ब्यवस्था थियो । गुरुलाई आदर, सम्मानका साथ गुरुका हरेक कुराहरु शिर निहुराई बिना प्रश्नका साथ अहृाएको कुरो मान्न शिष्यहरु तयार हुन्थे । पहिला र अहिलेको समयमा धेरै फरक आइसकेको छ । अहिले भौतिक रुपमा सुविधा सम्पन्न भवनमा डेक्स ब्रेन्चमाथि बसेर बिधुतिय सामग्री प्रयोग गरी शिक्षा दिन थालिएको छ । हरेक कुरामा परिवर्तन आएसँगै शिक्षामा पनि परिवर्तन आएको छ । अहिलेको समयले माग गरेअनुसारको शिक्षा रहेको छ । उहिले शिष्यहरुले मागेर ल्याएको भिक्षाले सजिलै जीवन निर्वाह हुन्थ्यो भने अहिले बढ्दै गएको महगी, असिमित चाहना, लोभ, लालच, भौतिक साधन सुविधा आदिले हामीलाई धेरै टाढा पु–याइदिएको छ । चार महिनामा शिक्षकले पाउने तलबले साहुको ऋण तिर्न, छोराछोरीको स्कुल फि, ट्युशन फि तिर्न, पसलेको उधारो चुक्ता गर्दै ठीक हुन्छ हुने अवस्था छ । अन्य क्षेत्रमा काम गर्नेको जीवनशैली, परिवारको आर्थिक पक्षको अवस्था र शिक्षण पेशामा लागेकाको उन्नति प्रगतिमा धेरैको फरक देख्छन् एकजना शिक्षक हरदेव ठाकुर । अगाडि भन्छन् –अन्य क्षेत्रमा नाम निकाल्न नसकेपछि अन्तिममा यो शिक्षण पेशामा आएको हो । वास्तवमा कुनै रहरले यो पेशामा आएको होइन । हुन त अहिले पनि कति युवायुवतिहरु शिक्षक लाइसेन्स कुरेर बसिरहेका छन् भने शिक्षक सेवा आयोगले रिक्त रहेको पदमा कहिले विज्ञापन गर्ने होला भनेर पनि कुर्नेको संख्या कम छैन् ।
पहिला गाउँघरतिर कसैको घरमा जग्गा किनबेच गर्नु छ भने, छोराछोरीको बिहेबारी गर्नु छ भने शिक्षकलाई नै सरसल्लाह गरेर गर्ने गरिन्थ्यो । उतिखेर समाजमा सबैभन्दा जान्नेबुझ्ने वर्ग भनेकै शिक्षकलाई लिइन्थ्यो त्यसको कारण यो पनि हुनसक्ला कि त्यतिखेर पढेलेखेकाहरुको संख्या कम थियो र सरसल्लाहका लागि शिक्षकलाई नै योग्य मानिन्थ्यो । आजको समय यी सबै कुरामा धेरै अगाडि बढिसकेको छ । घरघरै पढेलेखेका मान्छेहरु छन्, नबुझेका कुरा नेट इन्टरनेटमा खोजेर थाहा पाउन सजिलो भएकाले पनि हिजोआज शिक्षकसितको सरसल्लाह गर्ने काममा कमि आएको हुनसक्छ । साक्षरता प्रतिशत बढेकोमा हामी खुशी हुनुपर्ने जस्तो लाग्छ । हामी कहाँ शिक्षकको विभिन्न प्रकारहरु छन् । जस्तै–राहत, करार, केही समय पि.सि.एफ.शिक्षक पनि प्रयोगमा आएको थियो । सबैको आफ्नै किसिमको व्यवस्थाहरु छन् । विधालयको आवश्यकताअनुसार विद्यालयको स्रोतबाट खटाउने गरी पनि शिक्षक भर्ना गर्ने चलन छ । विदेशमा शिक्षकलाई हरेक सुख सुविधा दिएर अन्य क्षेत्रको कर्मचारीभन्दा अग्रस्थानमा राखिएको हुन्छ । बाहिरी मुलुकहरुले योग्य शिक्षकले योग्य नागरिक जन्माउने भएकाले शिक्षकलाई विशेष स्थानमा राखेर हेर्ने गरिन्छ भने हामी कहाँ योग्य शिक्षकहरु पनि आफ्नो योग्यता र क्षमताका आधारमा काम गरिरहेका छन् भने कहिलेकाही आफ्न्तको नियुक्ति, विभिन्न किसिमको चलखेल, राजनीति हस्तक्षेप जस्ता तत्वका कारण कमजोरहरुको नियुक्ति भैदिनाले प्रभावकारी सिकाइमा समस्या आइरहेको हुन्छ । पक्कै पनि कुनै काम मन लगाएर गर्नु र हचुवाको भरमा वा करकापमा परेर गर्नुमा फरक परिरहेको हुन्छ । हामी जुन पेसामा आबद्व छौ त्यो पेसामा रमाएर काम गर्न सक्नु पर्छ अनि मात्र त्यसको परिणाम राम्रो आउछँ । केही नयाँ दिन सके विधार्थी भाइबहिनीहरु पनि रमाउने हुन्छन । विद्यार्थी भाइबहिनीहरु रमाउने भएपछि नयाँ कुरा सिक्न उत्साहित हुनुका साथै सृजनात्मक क्षमताको बिकास हुन सक्छ । बालबालिकामा सिर्जनात्मक क्षमताको विकास गराउनु नै त अहिलेको शिक्षा प्रणालीको मुख्य उद्देश्य हुनुपर्छ । हामी शिक्षकहरु काम गरिरहेकका छौ र भित्रबाट सन्तुष्ट छैनौ भने हामीले आफूलाई मात्र होइन ती भाइबहिनीहरुलाई ठगिरहेका छौँ र सबैको भविष्यलाई ठगिरहेका छौ । हुन त सन्तुष्टि भने कुरो सबैमा समान हुन्छ भन्ने पनि जरुरी छैन् । हामी मानव त्यसै पनि असन्तोषी प्राणी हौ ं। आज हामी यो जागिर पाएर होला असन्तोष बनेको तर हिजोसम्म नपाउँदा हामी अरु शिक्षकलाई देख्दा हाम्रो पनि मनमा म पनि शिक्षक बन्न पाए हुने भनेर लाग्थ्यो । हामी अन्य क्षेत्रको कर्मचारीलार्इृ ऊ निकै खुशी होला भनेर अनुमान गर्छ तर हुन सक्छ उसलाई त्यसैमा असन्तोष होला । जहाँसम्म सुख सुविधाको कुरो छ हरेको काम अनुसारको राज्यले ब्यवस्था गरेकै छ । अहिले हाम्रो देशमा बेरोजगारको संख्या लाखांैँ लाख छ । प्रत्येक वर्ष ज्यान जोखिममा पारेर विदेशिनेको संख्या कम छैन उनीहरु पनि सोच्दा होलान् हामी शिक्षक भएर आफ्नै देश, आफ्रनै माटोको सेवा गर्न पाए कति राम्रो हुनेथ्यो । हामीले साट्टो शिक्षक पनि बनेर काम गरौ ं। शिक्षक अन्य कुनै काममा ब्यस्त छ भने उसको ठाँउमा अर्कै मान्छे खटिदिने र पारिश्रमिक उनीहरुको सम्झदारिमा हुने गथ्र्यौ ।
शिक्षकको कर्म नै आफूले अरुको खुसीमा आफूलाई खुसी बनाउनु हो । अरु पेसाका मानिस आफ्नो निजी प्रगतिमा खुसी हुन्छन् भने शिक्षण पेसाका मानिस वास्तवमा आफूले पढाएका अरुका छोराछोरीको प्रगतिमा खुसी हुन्छन् । जब आफूले पढाएको कुनै विद्यार्थीलाई कुनै पनि क्षेत्रको जागिर वा जीवनको अन्य क्षेत्रमा सफल भएको देख्दछन्, सबैभन्दा खुसी हुने शिक्षक नै हुन्छन् । शिक्षकको खुसी बजारमा यस कारण निकै माने राख्छ कि शिक्षकहरुले जहिले पनि अरुका छोराछोरी जो आफ्ना शिष्यशिष्याहरु रहेका छन्, लाई सन्तुष्ट देखेर खुसी व्यक्त गर्दछन् । यस पेसालाई अझ बढी मर्यादित बनाउनु पनि शिक्षकहरुकै हातमा रहेकोले सम्पूर्ण शिक्षकहरुले आफूलाई सम्भव भएसम्म असल शिक्षा इमानदारीका साथ विद्यार्थीहरुमा दिनु पर्छ । असल शिक्षाले नै हाम्रा बालबालिकाहरु भोलिका असल नागरिक बन्ने छन् । यो यही अवस्था हो जब बालबालिकाको मनमा हामीले आफूप्रति, समाजप्रति तथा देशप्रति सकारात्मक भाव जन्माउनु पर्छ । शिक्षक र शिक्षाको महत्व नबुझ्ने समाज पनि होला तर विस्तारै शिक्षाको प्रचारप्रसारले शिक्षकको महत्व पनि वृद्धि हुनु पर्छ । अहिलेसम्म जुन विधि वा प्रविधि अपनाएर भए पनि शिक्षकले नै शिक्षा दिइरहेका छन् यसले गर्दा शिक्षकको महत्व कम भएको छैन । शिक्षक सबैतिरबाट सम्मानित पेसा हो र यसलाई अझ सम्मानित बनाइराख्न तथा शिक्षण पेसाको मर्यादालाई कुनै पनि किसिमले आँच आउन नदिन हामी सम्पूर्ण शिक्षकहरुले आफूलाई त्यस रुपमा प्रस्तुत गर्नु पनि परेको छ । शिक्षकहरु आफ्ना पीडा लुकाएर पनि शिक्षालाई अगाडि बढाउन, समाजलाई अगाडि बढाउन र विद्यार्थीलाई अगाडि बढाउन खोज्छन् । शिक्षकको पीडाको सम्बोधन पनि समाजले नै गर्ने हो ।